२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर ।
भीमदत्त नगरपालिका वडा नं. १७ ले कृषिलाई प्राथमिकता दिएको छ । वडा कार्यालयले पशुपालन, तरकारीलाई प्राथमिकता दिएको हो । पशुपालन तथा तरकारी खेती गर्ने कृषकलाई अनुदान दिएको वडा अध्यक्ष हिमाल चन्दले बताए ।
उनका अनुसार वडाका २० जना कृषकलाई भैँसी पालनमा अनुदान दिइएको छ । प्रत्येक कृषकलाई उन्नत जातको भौंसी खरिदका लागि ८० हजार अनुदान दिएको उनको भनाई छ । ‘वडामा ४ सय बढी परिवारले भैंसी पालन गर्छ न्,’ उनले भने, ‘२ भन्दा बढी भैंसी पालन गरिरहेका किसानलाई अनुदान दिएका हौं ।’
यसैगरी वडा कार्यालयले ६ परिवारलाई बाख्रा बितरण गरेको थियो । ‘गत वर्ष हामीले पैचो कार्यक्रम अन्तगर्त ६ परिवारलाई बाख्रा वितरण गरेका थियौं,’ वडा अध्यक्ष चन्दले भने, ‘अहिलो त्यो पैचो कार्यक्रमबाट १२ परिवारसम्म पुगेको छ ।’
कृषि सहकारीहरुको सहकार्यमा कृषकलाई तरकारी तथा धानको विउ समेत वितरण गरिएको उनले बताए । ‘हाम्रो वडा धानको पकेट क्षेत्र हो,’ उनले भने, ‘यहाँ धानको उत्पादन राम्रो हुन्छ, त्यसैले प्रत्येक वर्ष धानको विउ वितरण गर्ने गरेका छौं ।’
तरकारी खेती गर्ने ६ जना कृषकलाई टनेल निर्माणमा सहयोग गरिएको वडा अध्यक्ष चन्द बताउँछन् । ‘विभिन्न संघसंस्थासँगको सहकार्यमा हामी कृषकलाई सहयोग गर्दै आएका छौं,’ उनले भने, ‘यस वर्ष पनि कृषिमा लगानी बढाएका छौं ।’ बेरोजगार युवालाई कृषिमा जोड्ने वडा कार्यालयको योजना रहेको वडा अध्यक्ष चन्दले बताए ।
‘बेरोजगार युवालाई कृषिमा जोड्छौं,’ उनले भने, ‘पशुपालन तथा तरकारी खेती गर्ने युवालाई हामी सहयोग गर्छौ ।’ उनले वडा नं. १७ च्याउ खेतीमा आत्मनिर्भर भएको बताए ।
‘हामी निर्वाचित भएपछि च्याउ खेतीको तालिम दिएर विउ वितरण गरेका थियौं,’ अध्यक्ष चन्दले भने, ‘अहिले सबै च्याउ उत्पादन गर्छन्, च्याउ बजारबाट किन्नु पर्ने बाध्यता हटेको छ ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी