२०८१ मंसिर १८, मंगलबार
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या कञ्चनपुर ।
कोरोना माहामारिका बेला प्राय सबै ठाँउ मा भिडभाड कम गरि कुनै पनि काम गर्न सरकार र स्थानीय सरकारले बारम्बार सुचना गराइ रहेको हुन्छ । तर यता कञ्चनपुर कारागारमा भने क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या देखिएको छ । कारागारमा पुरुष कैदीबन्दी ९५ र महिला कैदीबन्दी २० जना राख्ने क्षमता छ। तर हाल कारागारमा २२ महिला र तीन सय ८८ पुरुष गरी चार सय १० जना रहेका छन । यस्तो अवस्थामा स्थानीय सरकार गाउँ घरमै गएर भिडभाड हुने गरि कुनै पनि त्यस्ता कार्यक्रम नगर्ने र काम परे मात्र बाहिर जाने र त्यो पनि मास्कको अनिवार्य रुपमा प्रयोग गर्ने भनेर घर दैलोमा गएर सुरक्षित रहेने भनी विभिन्न कार्यक्रम गरिरहेको पाइन्छ। तर कारागारमा सिमिम कैदीबन्दी बस्ने ब्यवस्था भए पनि सिमित अवधी भन्दा बढी कैदीबन्दी हुदा त्यहाँका कैदीबन्दी लाई सहज तरिकाले बस्ने ,सुत्ने बाताबरण नमिलेको देखिन्छ । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण कारागार मा बस्न लागि समस्या भएको र बस्ने ठाउँको अभाव हुँदा कैदीबन्दी ग्यालरी, टिनसेट र खाली ठाउँमा त्रिपाल टाँगेर बस्न बाध्य भएका छन । कैदीबन्दीको सङ्ख्या अधिक हुँदा कारागार भित्र महिला पुरुस सहज तरिकाले बस्न असहज भएको जेलर माया कुमारी बस्नेत थापाले बताउनुभयो । यसै बिच कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कारागारको अवस्था यो माहामारिका बेला दयनीय भएकाले सुधारका लागि कारागार व्यवस्था विभागमा पत्राचार गरिएको बताउनुभयो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी