२०८१ मंसिर ९, आईतबार
भीमदत्त नगर शिक्षा समितिले दरबन्दी मिलानका नाममा नीति विधि बिपरीत व्यक्ति छानी छानी व्यक्ती मिलान गरेको बिरोधमा जारी नेपाल शिक्षक संघको आन्दोलनमा नेपाली काँग्रेस कन्चनपुरले समर्थन जनाउँदै यथाशीघ्र माग सम्बोधन गर्न नगरपालिकालाई खबरदारी गरेको छ ! शिक्षक संघको आन्दोलनलाई बेवास्ता गरिएको प्रती आपत्ति जनाउँदै यथाशीघ्र शिक्षकहरुका माग सम्बोधन नगरिए पार्टीले कडा कदम चाल्न बाध्य हुने भनेको छ !
भीमदत्त नगरपालिकाको शिक्षा समितिले दरबन्दी मिलानमा मनपरी गरेको भन्दै संघले गत साउन ३ गतेदेखी नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरि बिहान १० बजेदेखी दिउँसो १ बजे सम्म दैनिक धर्ना दिदै आएको छ | आज धर्ना स्थलमै पुगेर काँग्रेस कन्चनपुरका नेताहरुले शिक्षक संघको न्यायिक आन्दोलनमा समर्थन जनाएका छन !
धर्ना कार्यक्रममा बोल्दै काँग्रेस कन्चनपुरका सचिव दिवाकर पाण्डेयले शिक्षकहरुको न्यायिक आन्दोलनको यथाशीघ्र सुनुवाइ हुनुपर्ने र सम्बोधन नगरिए नेपाली काँग्रेस थप कडा कदम चाल्न बाध्य हुने बताउनु भयो ! कार्यक्रममा काँग्रेस कन्चनपुरका सचिब ईश्वरी जोशी, कोषाध्यक्ष शंकर चन्द, नगर सभापती पदम राज अवस्थी, नेपाल ट्रेड युनियन काँग्रेस केन्द्रीय सदस्य निलम लेखक, नेपाल महिला संघ जिल्ला अध्यक्ष मधु भारतीलगायतका नेताहरुको उपस्थिति रहेको थियो!
नेपाल शिक्षक संघले नीति विधि अनुरुप निर्धारित मापदण्डका आधारमा मिलान हुनु पर्ने र पुर्वाग्रही ढंगले व्यक्ती मिलाउन विद्यालयको हित बिपरीत गरिएका सरुवाहरु खारेज गर्न माग गरेको छ !
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी