२०८१ मंसिर ७, शुक्रबार
महेन्द्रनगर ।
शुक्लाफाँटा नगरपालिका–२ नदी कटानको उच्च जोखिममा रहेको वडा हो । यो वडामा सुनवरा नदीले कटान गर्छ । तर, स्थानीय तहको निर्वाचनबाट वडामा जनप्रतिनिधि आएपछि नदी कटानको जोखिम घटेको छ ।
जनप्रतिनिधिको सक्रियताले नदी कटान हुने क्षेत्रमा तटबन्ध गरिएपछि जोखिम कम भएको स्थानीय रुपेश चौधरी बताउँछन् । ‘यस वडाका जनप्रतिनिधिले निर्वाचित भएदेखि नै नदी कटानको समस्या रोक्न सक्रिय थिए,’ उनले भने, ‘जनप्रतिनिधिको निरन्तरको सक्रियाताले जोखिम भयो ।’
शुक्लाफाँटा नगरपालिका–११ को उत्तरदेखि दक्षिण वडा नं। १ सम्म जोखिम भएका क्षेत्रमा तटबन्ध भएको उनि बताउँछन् । ‘वर्षातको समयमा नदी कटानले खेतवारी बगाउथ्यो,’ उनले भने, ‘अहिले त्यो समस्या रोकिएको छ ।’
चुनावी प्रतिवद्धता अनुसार काम गरिरहेको वडा अध्यक्ष शिवराज पनेरु बताउँछन् । ‘चुनावको क्रममा नदी कटानको समस्या रोकथाम गर्ने बाचा गरेको थिए,’ उनले भने, ‘त्यही बाचा अनुसार अहिले तटबन्ध गरेको छु ।’
नदी कटान रोक्न तटबन्ध निर्माणको कार्यलाई निरन्तरता दिने उनि बताउँछन् । ‘हामीले सुरुदेखि नै नदी कटान रोक्न तटबन्ध निर्माण गर्दै आएका छौं,’ उनले भने, ‘बाँकी रहेका ठाउँमा यस वर्ष तटबन्ध गर्छौ ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी