२०८१ मंसिर १८, मंगलबार
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई अर्थमन्त्रालयले तीन दिने स्पष्टिकरण सोधेको छ ।
अध्यक्ष ढुंगानाले छोरी रेविका ढुंगानाको नाममा सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर किनेको विषय बाहिर आएपछि अध्यक्ष ढुंगानालाई मन्त्रालयले बुधबार तीन दिने स्पष्टिकरण सोधेको हो ।
मन्त्रालयले सोधेको स्पष्टिकरण पत्रमा ‘सञ्चारमाध्यममा आएको विषयवस्तुको सत्य, तथ्य, यथार्थ के हो र तथ्यपरक विवरण ३ दिनभित्र मन्त्रालयमा उपलब्ध गराइदिनु हुन आदेशानुसार अनुरोध छ,’ भन्ने उल्लेख छ । उक्त विषय सञ्चारमाध्यममा आएपछि मन्त्रालयको ध्यानाकर्षण भएको बताइएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी