२०८१ मंसिर ७, शुक्रबार
अछाम जिल्ला अदालतमा गत आर्थिक वर्ष २०७७÷०७८ मा विभिन्न घटनाका १ सय ५१ मुद्दा दर्ता भएका छन् ।
जिल्लामा सरकारवादी फौजदारी, व्यक्तिवादी फौजदार, देवानी र पुनरावेदन मुद्दा गरी १ सय ५१ वटा मुद्दा दर्ता भएको अछाम अदालतले जनाएको छ ।
जस मध्ये १ सय १८ वटा मुद्दा फर्छ्योट भएका र ३३ वटा मुद्दा फर्छ्योट गर्न बाँकी रहेका अछाम जिल्ला अदालतका सूचना अधिकारी कमल प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । यस्तै अछाममा पछिल्लो समयमा सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको छ ।
जिल्लामा हिंसा पीडित महिलाहरू सचेत हुनुले सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको जिल्ला अदालत अछामले जनाएको छ । गत आर्थिक वर्ष २०७७÷०७८ को तथ्याङ्कमा अदालतमा सम्बन्ध विच्छेदका १६ मुद्दा दर्ता भएका छन् ।
सम्बन्ध विच्छेदका १६ मुद्दा मध्ये १० वटा फर्छ्योट भएका र ६ वटा बाँकी रहेको जिल्ला अदालत अछामका सूचना अधिकारी कमल प्रसाद ढुङ्गानाले रेडियो बान्निगढीलाई जानकारी दिनुभयो । आर्थिक २०७६÷०७७ मा जम्मा १६ ओटा मात्रै उजुरी दर्ता भएकामा आर्थिक वर्ष २०७७÷०७८ मा १६ उजुरी दर्ता हुनुले अछाममा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको पुष्टि हुने उहाँले बताउनुभयो ।
रेडियो बान्नीगढीसंग संक्षिप्त कुराकानी गर्दै जिल्ला अदालत अछामका सूचना अधिकारी ढुङ्गानाले सम्बन्ध विच्छेदका घटना वृद्धि हुनुमा जिल्लामा बालविवाह गर्नेको सङ्ख्या बढ्दै जानु र हिंसा भएका महिलाहरू हक अधिकारका बारेमा जागरूक हुँदै जानु प्रमुख कारण भएको बताउनुभयो ।
महिला र पुरुष सचेत हुनुले पनि कसैबाट हिंसा हुने बित्तिकै अलग बस्ने चाहानाले पनि यो क्रम बढी रहेको उहाँको भनाइ छ ।
उहाँका अनुसार अदालतमा दर्ता भएका मुद्धाहरुको १ वर्षसम्म छलफलकै क्रममा हुनेभएकोले सकेसम्म मिलाउने गरी मुद्दाको फर्छ्योट गर्ने गरिएको छ । उहाँले कतिपय मुद्दा कानुनी हिसाबले पनि ढिलो हेर्नु पर्ने भएकोले चाँडो हेर्न नपाइने उल्लेख गर्नुभयो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी