२०८१ मंसिर ७, शुक्रबार
महेन्द्रनगर ।
शुक्लाफाँटा नगरपालिका–२ को कार्यालयले कृषिमा वार्षिक ४३ लाख खर्च गरेको छ । स्यालो ट्युबवेल खरिद, मल तथा विउविजन खरिदमा ४३ लाख खर्च गरेको हो ।
अहिलेसम्म वडामा ४० भन्दा बढी स्यालो ट्युबवेल खरिद गरि जडान गरिएको वडा अध्यक्ष शिवराज पनेरुले बताए । ‘हामीले कृषिमा प्राथमिकता दिएका छौं,’ उनले भने, ‘प्रत्येक वर्ष हामी करिब ४३ लाख कृषिमा लगानी गर्छौ ।’
वडा कार्यालयले स्यालो ट्युबवेल जडानलाई प्राथमिकता दिएको उनि बताउँछन् । ‘प्रत्येक वर्ष करिब १० स्यालो ट्युबवेल जडान गर्ने गरेका छौं,’ उनले भने, ‘हामी निर्वाचित भएदेखि अहिलेसम्म ४० स्यालो ट्युबवेल जडान गरि सकेका छौं ।’ वडा नं. २ मा तरकारी खेती तथा खाद्यान्न बालीको राम्रो उत्पादन हुने गरेको छ ।
यसैगरि वडा कार्यालयले कृषकलाई अनुदानमा मल तथा विउविजन समेत दिने गरेको वडा अध्यक्ष पनेरु बताउँछन् । ‘कृषकलाई मल तथा तरकारी, धान, गहुँको विउ समेत दिने गरेका छौं,’ उनले भने, ‘यी कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिनेछौं ।’ त्यस्तै १० सहिद परिवारलाई वडा कार्यालयले बंगुरका पाठा वितरण गरेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी