२०८१ मंसिर १८, मंगलबार
नेकपा एमाले माधव नेपाल पक्षको अखिल फोर्सले शक्ति प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो ।मोटरसाइकल र्यालीसहित गरिएको प्रदर्शनमा एमाले वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । र्यालीपछि बबरमहलस्थित कार्की ब्याङ्केटमा सभाको आयोजना गरिएको छ।
यसअघि एमाले नेता महेश बस्नेतको नेतृत्वमा युथ फोर्सले राजधानीमा गरेको मोटरसाइकल ¥यालीकै शैलीमा वरिष्ठ नेता नेपाल पक्षीय अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो । एमाले सत्ताबाट बाहिरिएसँगै यी बाहुबली संगठनहरुलाई दुवै पक्षले सक्रिय बनाएका हुन् । ¥यालीपछि हुने अखिल फोर्सको राष्ट्रिय भेलालाई नेता नेपालले सम्बोधन गर्ने बताईएको छ ।
नेपाल पक्षले ओली पक्षलाई आफू कमजोर नरहेको सन्देश दिने गरी शनिबार भेलाअघि भृकुटीमण्डपबाट बबरमहलसम्म मोटरसाइकल र्याली गरिएको छ । उक्त र्यालीमा ‘अखिल फोर्स’ लेखिएका रातो झण्डासहित विद्यार्थी र युवाहरु सहभागी भएका छन् ।
नेपाल पक्षले आफू कमजोर नरहेको सन्देश दिने गरी राजधानीमा मोटरसाइकल र्याली गरेको हो। एमालेमा विवाद बढ्दै जाँदा ओली पक्षले युथ फोर्स ब्यूँताएको छ भने साइबर सेना र आइटी आर्मीलाई पनि सक्रिय बनाएको छ।
यस्तोमा माधव पक्षले अखिल फोर्स र पिपुल्स भोलेन्टियर्सलाई सक्रिय बनाएको छ। एमाले सत्ताबाट बाहिरिएसँगै यी बाहुबली संगठनहरुलाई दुवै पक्षले सक्रिय बनाएका हुन्। र्यालीपछि हुने अखिल फोर्सको राष्ट्रिय भेलालाई नेता नेपालले सम्बोधन गर्दैछन्।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी