२०८१ मंसिर ६, बिहिबार
महाकाली नदि माथीको तुइन तरेर भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलंगा आउने क्रममा ब्याँस गाउँपालिका वडा नम्बर २ मालका ३० वर्षीय जयसिंह धामीले तुइन तर्दै गर्दा पोशाक र हतियार सहित आएका भारतीय एसएसबीले तुइन काट्दा नदिमा खसेर उनि बेपत्ता भएको भन्दै अनेरास्ववियु र ग्रेटर नेपालले कंचनपुरको गडाचौकी नाकामा बिरोध प्रदर्शन गरेका छन ।
दार्चुलाको व्याँस गाउँपालिका–२ माल गाउँका ३३ वर्षीय जयसिंह धामी रोजगारीको लागि बिदेश जाने तयारीमा थिए । त्यसको शिलशिलामा उनी शुक्रवार बिहान सदरमुकाम खलंगा आए ।
स्थानीयका अनुसार मालगाउँँबाट नेपालको बाटो हुदै खलंगा आउँदा झण्डै दुई दिन लाग्छ । उता भारतको बाटो प्रयोग ग¥यो भने दुई घण्टामै खलंगा पुगिन्छ ।
भारततिरको बाटोमा गाडीको सुविधा हुनाले त्यहाँका मानिसहरु बाटो हुदै खलंगा आवातजावत गर्ने गर्दछन् । खलंगा जानका लागि शुक्रवार बिहान जयसिंहसंगै गाउँकै ६÷७ जना अरु मानिसहरु आएका थिए ।
माल घाटबाट तुइनको सहायताले भारततर्फ जाने गर्दछ, उनीहरु । यद्यपी बिदेश जानका लागि काठमाडौँ जाने भन्दै हिँडेका धामी गन्तव्यमा पुग्न सकेनन् । भारतीय एसएसबीले तुइन काट्दा महाकाली नदीमा खसेर उनी बेपत्ता भएका छन् ।
‘६÷७ जना भारतको बाटो हुदै खलंगा जादै थिए । ती मध्ये ३ जना पारी पुगेका थिए ।’ प्रत्यक्षदर्शी शेर सिंह धामीले नेपालखबरसंग भने, ‘जयसिंह भारततिर पुग्नै लाग्दा एक्कासी एसएसबीले तुइन काटिदिए । त्यस पछि महाकाली नदीमा खसेर बेपत्ता भएका छन् ।’
भारतीय एसएसबीले तुइन काटेर नेपाली नागरिकलाई महाकाली नदीमा खसालेको व्याँस गाउँपालिका–२ का वडाध्यक्ष बिरेन्द्र सिंह बुढाथोकीले बताए ।
भारतीय एसएसबीले त्यस क्षेत्रबाट आवातजावत गर्दा आफूहरुलाई विभिन्न बहानामा दुख दिने गरेको उनको भनाई छ ।
‘एसएसबीहरुले त्यो बाटो हिड्दा धेरै दुख दिने गरेको छ । कहिले केही कहिले केही बहानामा नेपालीलाई कुट्ने, दुख दिने गरेको छ ।’ उनले भने, ‘आज पनि त्यस्तै भएको हो । तर के गर्नु हाम्रोतर्फ बाटो छैन । एसएसबीको डरैडरमा जानु पर्छ ।’
नेपाली माल गाउँ र भारतको पिथौरागढ जिल्लाको गुस्कु घाट जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल निर्माण अलपत्र छ ।
संघीय सरकारको लगानीमा निर्माण भइरहेको पुल तीन वर्षदेखि अलपत्र रहेको वडाध्यक्ष बुढाथोकीले बताए । पुल नहुँदा तुइनको जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता छ ।
सोही क्षेत्रमा आवातजावत गर्ने क्रममा दुर्घटनामा परेर अहिलेसम्म २१ जनाको ज्यान गएको वडाध्यक्ष बुढाथोकी बताउँछन् ।
महाकाली नदीमा बेपत्ता धामीको खोजकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।
‘शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली टोली खोजीकार्यमा जुटेको छ । एसएबीले तुइन काटेको भनेको कुरा आएको छ । तर त्यसो नगरेको हुनसक्छ ।’ उनले भने, ‘हाम्रो टोली त्यहाँ पुगेकोले थप कुरा अनुसन्धान पछि खुल्ला ।’
महाकाली नदीमा पानीको बहाव बढि भएकाले धामी सकुसल भेटिने सम्भावना न्यून छ । उनका दुई स–साना छोरा छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी