२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाल शिक्षक संघ र प्रहरी विच दोहोरो झडप भएको छ । भीमदत्त नगरपालिकाले गरेको शिक्षक दरवन्दि मिलान कार्यविधि विपरित गरेको भन्दै नेपाल शिक्षक संघले नगरपालिकामा लगाएको ताला प्रहरीले तोेडेपछि झडप भएको हो ।
शिक्षकहरु माथिको दमन, छाडा पशुचौपयाको व्यवस्थापन,सीमा समास्या, अबैध तस्करी, निर्मला प्रकरण, लागुऔषध नियन्त्रण, शान्ती सुरक्षा लगायतका विषयहरुमा प्रमूख जिल्ला अधिकारी ज्युँ संग गम्भिर छलफल गरेको शिरोमणि ओझा । नेपाली कांग्रेस निकट शिक्षक संघ र प्रहरीबीच दोहोरो झडप भएको छ। झडपमा परेर दुवैतर्फका १५ जनाभन्दा बढी घाइते भएका छन् । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको थियो। शिक्षक संघले पेशागत माग अघि सारेर अनशन बसिरहेका शिक्षकहरु र शिक्षकहरुका मागमा ऐक्यवद्धता जनाउन गएका कांग्रेस कञ्चनपुर र भ्रातृ संस्थाका नेता–कार्यकर्तामाथि शुक्रबार बिहान प्रहरीले बल प्रयोग गरेको थियो।
प्रहरीले गरेको लाठी चार्जमा शिक्षक विरेन्द्र बोहरा, नेपाल विद्यार्थी संघ ९नेविसंघ०का पूर्वसहमहामन्त्री अच्युत कलौनी र कांग्रेस भीमदत्त नगरपालिका–१८ का सभापति राजेन्द्र केसी घाइते भएका छन्।
शिक्षक बोहराको महाकाली अञ्चन अस्पतालमा उपचार भइरहेको छ। अन्य दुई जना उपचारपछि घर फर्किएका छन्।
शिक्षक संघ नगरपालिकाले दरबन्दी मिलानमा अनियमितता गरेको आरोप लगाउँदै गत साउन ३ गतेदखि आन्दोलन गर्दै आएको छ।
संघले साउन १६ गतेबाट नगरपालिका कार्यालयमा रिले अनशन सुरु गरेको थियो।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी