२०८१ मंसिर ८, शनिबार
क्ञ्चनपुर:
क्ञ्चनपुरका यातायात व्यवसायीसंग मानव बेचबिखन रोकथाम विषयक छलफल गरिएको छ । माईती नेपाल कञ्चनपुरले मंगलबार यातायात व्यवसायीसंग मानव बेचबिखन रोकथाम विषयक छलफल गरिएको हो । माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन रोकथामका लागि यातायात व्यवसायीको समेत महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरुसग छलफल गरेको छ ।
भारतसंग खुला सीमानाका जोडिएको कञ्चनपुरबाट मानव बेचबिखन तथा ओसारपसार गर्ने प्रक्रिया बढ्दै गएको भन्दै माईती नेपालले यातायात व्यवसायीसग छलफल गरेर रोकथामका लागि भूमिका निर्वाह गरिदिन आग्रह गरेको छ । माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले मानव बेचबिखनको वर्तमान अवस्था, मानव बेचबिखनका विरुद्धको कानुनी प्रावधान, मानव बेचबिखन हुने कारण, दलालले अपनाउने तौर तरिका, मानव बेचबिखनमा पर्न सक्ने जोखिमका बारेमा यातायात कर्मीहरुलाई अनुशिक्षण गर्नुभएको थियो । समयमै यातायातकर्मीलाई सजक पार्दै महिला तथा बालबालिकालाई मानव बेचबिखन तथा ओसारपसारको जोखिमबाट बचाउन यस्ता कार्यक्रम आवश्यकता ठानी यातायात कर्मीलाई मानव बेचबिखन कसरी हुन्छ ? र यातायातकर्मीले मानव बेचबिखन न्युनिकरण गर्न कस्तो भुमिका खेल्न सक्नु हुन्छ भन्ने विषयमा छलफल गरी मानव बेचबिखन विरुद्ध भएका कानुनी प्रक्रियाको बारेमा छर्लङ्ग हुने गरीे कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा सहभागी यातायात कर्मीहरुले यस्ता खालका कार्यक्रमहरु अति आवश्यक रहेको भन्दै समय समयमा यस्ता कार्यक्रमहरु ल्याउनु पर्ने र बसपार्कमा नै गर्नुपर्ने माग गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष हर्क बहादुर रावलले माइती नेपालले यातायातकर्मीलाई प्राथमिकतामा राखि मानव बेचबिखन विरुद्ध सचेत पारेको बताए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष, महाकाली बस समिति, पवनदुत यातायात समिति,, अटो व्यवसाय समिति तथा अटो चालकहरुको सहभागिता थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी