२०८१ मंसिर ८, शनिबार
कैलाली:
बिगत केहि दिन देखि परिरहेको अबिरल बर्षाका कारण कान्द्रा नदीमा पानीको वहाव बढन गई जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं ५ सरैया बस्ने व्यक्तिहरुको उक्त नदी किनारामा रहेको जमीन जम्मा अं. ३ बिगाह भन्दा बढी क्षेत्रफल कटान गर्नुका साथै खेतमा लगाएको धान बालीमा समेत क्षति पुर्याकउनुका साथै बर्षाकै कारण चुरे गा.पा. ५ निङलाडी बस्ने बिर ब. धामीको खरले छाएको २ तले गाई गोठ माथिबाट पहिरो आई गोठ पुर्ण रुपमा क्षती भएको, उक्त गोठमा रहेका ३ वटा गाई घाईते भएका, मकैबारी र भटमास बारी समेत पुर्ण रुपमा क्षती भएको,टिनले छएको १ कोठे कच्ची घर समेत जोखीममा रहेको, ऐ.ऐ. बस्ने करन धामीको टिनले छाएको २ कोठे कच्चि घर, माथिबाट चर्कन गई घर जोखिममा रहेको, ऐ.ऐ. बस्ने बिर ब. धामीको टिनले छाएको २ तले घरको जगभन्दा बाहीरको आगन र बारी समेत चर्कन गई उक्त घर उच्च जोखिममा रहेको, तिनै घरका परिवारहरु छिमेकीको घरमा गई बसेका , गोदावरी न.पा.४ काठे पुल दुर्गा मन्दिर स्थित बस्ने बर्ष ४२ को गणेश दत्त पाण्डेको ईटाले बनेको टिनले छाएको १ कोठे किराना/नास्ता पसल र काठले बनेको टिनले छाएको प्रतिक्षालय गोदावरीले नदिले कटान गरी बगाएको, चुरे गा.पा. ३ सहजपुर स्थित भिम दत्त राजमार्गमा अबिरल वर्षाका कारण सडक माथि बाट रुख खस्न गई बाटो अवरोध भई दुबै तर्फका अ. १५ वटा सवारी साधनहरु जाममा रहेकोमा प्रहरी र स्थानियहरुको सहयोगमा बाटो खोल्ने कार्यसुरुभएको र एक तर्फी बाटो सुचारु भएको ।
कैलाली जिल्लाको बिभिन्न क्षेत्रमा डुबान पर्ने, बाढी आउने,पहिरो खस्ने तथा नदि,नाला,खोलाहरुमा पानिको सतह बढ्न गई उक्त पानीका कारण बिभीन्न बिपदका घटनाहरु घट्ने क्रमजारी रहेको प्रहरी।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी