२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको फुटपछि नेता/कार्यकर्ता तितरबितर हुने क्रम जारी छ । एमालेबाट अलग भएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि नेताहरुले कित्ता क्लियर गरिरहेका छन् ।
फुटको प्रभाव
विभाजनपछि अधिकांश नेताहरु एमालेमा रहँदा केही एकीकृत समाजवादीमा खुलेका छन् । सुदूरपश्चिम प्रदेशका ५ केन्द्रीय सदस्य र ६ सांसदले एमाले छोडेका छन् । ती मध्ये दुई केन्द्रीय सदस्य सांसद समेत छन् ।
सुदूरपश्चिम प्रदेशबाट एमालेमा २३ जना केन्द्रीय सदस्य थिए । जसमा गरिमा शाह (कैलाली), रामकुमार ज्ञवाली (कञ्चनपुर), निरादेवी जैरु (डडेल्धुरा), विक्रम शाही (डडेल्धुरा) र प्रेम बहादुर आले (डोटी) एकीकृत समाजवादीमा खुलेका छन् । जैरु डडेलधुराकी समानुपातिक सांसद हुन् भने आले डोटीबाट प्रत्यक्षतर्फका सांसद हुन् ।
तीमध्ये डोटीका प्रेम आले ओलीनिकट थिए । अन्य चारजना नेपाल समूहकै हुन् । यस्तै नेपाल समूहका केन्द्रीय सदस्य भीम रावल, झपट रावल र प्रकाश शाह एमालेमै छन् ।
लेखराज भट्ट, कर्ण थापा, महेश्वर पाठक, राजेन्द्र रावल, दीपक देवकोटा, नारदमुनि राना, लालबहादुर विक, लीला भण्डारी, गौरी ओली, पुरनसिंह दयाल, गणेश सिंह ठगुन्ना, लालबहादुर थापा, निरु पाल र भैरव सिंह पनि एमालेमै छन् । यीमध्ये अधिकांश केन्द्रीय सदस्य सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ओलीले चयन गरेका थिए ।
सांसद
सुदूरपश्चिमबाट प्रत्यक्षतर्फ एमालेका ११ जना सांसद छन् । तीमध्ये ८ जना ओलीनिकट थिए भने ३ जना माधव समूहका थिए । ओली समूहका डोटीका सांसद प्रेम आले अहिले एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा भएका छन् ।
ओलीनिकट कैलालीका नारदमुनि राना, कञ्चनपुरका नरबहादुर धामी, बैतडीका दामोदर भण्डारी, बाजुराका लालबहादुर थापा, बझाङका भैरव सिंह, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी तथा भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्ट एमालेमै छन् ।
एमालेतर्फबाट समानुपातिकमा प्रदेशका ५ जना सांसद छन् । तीमध्ये कञ्चनपुरकी बिना बुढाथोकी, डडेलधुराकी निरादेवी जैरु र कैलालीकी लक्ष्मी चौधरी नेकपा एकीकृत समाजवादीमा लागे । कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक एमालेमा छन् ।
चारजना राष्ट्रिय सभा सदस्यमध्ये दुई नेकपा एकीकृत समाजवादीमा लागेका छन् । शेरबहादुर कुँवर र शारदा भट्ट एकीकृत समाजवादीमा लागेका छन् भने कञ्चनपुरका इन्दु कडरिया विष्ट, डडेल्धुराका चक्र स्नेही एमालेमै छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी