२०८१ मंसिर ७, शुक्रबार
पुनर्वास । कञ्चनपुरको पुनर्वासमा पछिल्लो समय ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको छ । दैनिक जसो सवारी जाँचको तालिकामा फेरबदल गर्दै चेकजाँचमा कडाई गरिएको हो ।
प्रायः जसो दोदा नदिमा मात्रै ट्राफिक चेकजाँच हुदै आएकोमा अहिले भने आई.बि.आर.डी, टाउन, क गाउँ, कान्छी बजार, सिम्री डोके बजार लगायतका स्थानमा दिनहुुँ जसो चेकजाँच भैरहेको अस्थायी ट्राफिक प्रहरी पोस्ट त्रिभुवन बस्तीले जनाएको छ ।
दक्षिणी क्षेत्रमा ट्राफिक प्रहरीको नजर नपुग्दा तीन जना सवार हुने र हेलमेट नलगाउने गरेको पाइएको थियो ।
हेल्मेट खोई ? अभियान, ईलाका प्रहरी कार्यालय र अस्थायी ट्राफिक पोष्ट त्रिभुवन बस्तीको संयुक्त पहलमा शनिवार दोदा, ग गाउँ (पशुपति चौराहा), आई.बि.आर.डी र टाउनमा सवारी जाँच गरिएको थियो ।
चेकजाँचका क्रममा हेल्मेट नलाएका, तीन जना यात्रु चढेका, सवारिको कागजात नभएका तथा सवारी चालक अनुमतिपत्र नभएकाहरुलाई सम्झाई बुझाई गर्नुका साथै कानुन बमोजिम कार्बाही समेत गरिएको थियो ।
स्थानीयले बजार क्षेत्रमा दैनिक चेकिङ्ग गर्न माग गरेका छन् । कहिले काहीँ भन्दा पनि दैनिकजसो चेकजाँच भएमा ट्राफिक नियम लागू गर्न समेत सहज हुने बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी