अहिले स्वास्थ्य केन्द्रमा ४ जना कर्मचारीले सेवा दिइरहेको वडा अध्यक्ष शिवराज पनेरुले बताए । ‘यस वडामा हामी निर्वाचित हुनु अगाडी स्वास्थ्य केन्द्र थिएन्,’ उनले भने, ‘हामी आएपछि यहाँ स्वास्थ्य केन्द्र स्थापना गरि सञ्चालनमा ल्याएका हौं ।’
स्वास्थ्य केन्द्रबाट सरकारले निशुल्क उपलब्ध गराएका सेवा प्रदान भइरहेको उनि बताउँछन् । ‘स्वास्थ्य केन्द्र बनेपछि यहाँका स्थानीयलाई स्वास्थ्य लिन सहज भएको छ,’ उनले भने, ‘यस अघि यहाँका स्थानीय उपचारका लागिझलारी तथा पिपलाडी जाने गर्थे ।’
चालु आर्थिक वर्षमा खोप केन्द्र समेत सञ्चालनमा ल्याइने वडा अध्यक्ष पनेरुले बताए । ‘यस खोप केन्द्र सञ्चालनमा ल्याउछौं,’ उनले भने, ‘अब वडावासीले खोप सेवा पनि पाउँछन् ।