२०८१ मंसिर ७, शुक्रबार
महेन्द्रनगर । प्रमुख जिल्ला अधिकारी नेतृत्वको कोभिड संकट व्यवस्थापन केन्द्रले आइतबार उद्यमी व्यवसायीका लागि दुई सय डोज खोप आपूर्ति गरी लगाउने निर्णय गरेको थियो ।
कोभिड व्यवस्थापन केन्द्रको निर्णयपछि प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेयले उद्यमी व्यवसायीका लागि धनगढीस्थित आपूर्ति केन्द्रबाट खोप मगाएका छन् । प्रमुख जिल्ला अधिकारी पाण्डेयले उद्यमी व्यवसायीका लागि मगाएको जोन्सन एण्ड जोन्सको चार सय डोज खोप स्वास्थ्य कार्यालयमा पुगेको छ ।
स्वास्थ्य कार्यालयमा आएको खोप मंगलबार कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा केन्द्र बनाएर लगाउने तयारी गरिएको छ । कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्लले फेसबुकबाट दुई सय व्यवसायीलाई खोप लगाउने कार्यक्रम सार्वजनिक गरेका छन् ।
अध्यक्ष मल्लले संघको माग अनुसार स्थानीय प्रशासनले उद्योग बाणिज्य संघका लागि दुई सय डोज खोप उपलब्ध गराएको फेसबुकमा उल्लेख गरेका छन् ।
कोभिड व्यवस्थापन केन्द्रको निर्णय अनुसार धनगढी आपूर्ति केन्द्रबाट चार सय डोज खोप स्वास्थ्य कार्यालयमा आएको छ । दुई सय डोज बाणिज्य संघलाई दिइए पनि बाँकी दुई सय डोज वितरण यकिन हुन सकेको छैन ।
कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयपछि धनगढी आपूर्ति केन्द्रबाट चार सय डोज खोप आएको छ’ स्वास्थ्य कार्यालयका कोल्ड चेन निरीक्षक जनक बहादुर कुँबरले भने,‘कार्यालयमा आएको खोप केन्द्रको निर्णय अनुसार वितरण हुन्छ ।’
स्वास्थ्य कार्यालयले खोप वितरण गरे पनि खोप लगाउने जनशक्ति लगायतका अन्य व्यवस्थापनसित मलतब नहुने निरीक्षक कुँबरले बताए ।
‘हामीले यता कार्यालयमा आएको वितरण गर्ने हो, एक हिसाबले स्वास्थ्य कार्यालय वितरण केन्द्र हो, त्यस बाहेक कोले लगाउँछन्, कसरी व्यवस्थापन हुन्छ, त्यस सम्बन्धी कार्यालयलाई थाहा हुँदैन ।’
हालसम्म स्वास्थ्य कार्यालयले खोप उपलब्ध गराएपछि स्थानीय तहले सरकारले तोकेका समुदायका व्यत्ति,mलाई लगाउँदै आएका छन् । यस पटक प्रमुख जिल्ला अधिकारी पाण्डेयलउ उद्योग बाणिज्य संघका सदस्यलाई सहज हुने गरी बाणिज्य संघमा केन्द्र बनाएर खोप लगाउन थालेका हुन् ।
प्रमुख जिल्ला अधिकारी पाण्डे कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक छन् । उनी कञ्चनपुर आएको केही दिनपछि बाणिज्य संघले कार्यालयमा बोलाएर स्वागत तथा सम्मान गरेको थियो ।
कञ्चनपुरमा गत माघदेखि कोरोना भाइरस विरुद्ध खोप लगाउन थालिएको हो । अहिलेसम्म स्थानीय तहका खोप केन्द्रबाट खोप लगाउने गरिएको छ । यस पटक प्रशासनले व्यवसायीलाई बाणिज्य संघमा खोप केन्द्र राखि दिएको छ ।
बाणिज्य संघको खोप केन्द्र खेप लगाउन भीमदत्त नगरपालिकाका स्वास्थ्यकर्मी जान सक्ने अनुमान गरिएको छ । स्वास्थ्य कार्यालयसित जनशक्ति नभएकाले स्थानीय प्रशासनले भीमदत्तका स्वास्थ्यकर्मीलाई पठाउन सक्ने देखिएको छ ।
भीमदत्त नगरपालिकाले खोप सकिएको भन्दै आइतबार सूचना गरी स्थगित गरि सकेको छ । भीमदत्तमा पछिल्लो पटक भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ ।
प्रशासन कार्यालयले उद्योग बाणिज्य संघमा केन्द्र राखेपछि आगामी दिनमा अन्य पेशागत संगठनले पनि छुट्टै केन्द्रको माग गर्न सक्ने चिन्ता देखिएको छ । बाणिज्य संघ खोप केन्द्रले खोप वितरण प्रणाली ध्वस्त सक्ने चिन्तामा स्वास्थ्य कार्यालयका अधिकारीहरु परेका छन् ।
साउन १४ गतेदेखि लगाइएको खोपमा बाणिज्य संघका पदाधिकारीलाई मात्रै खोप लगाउने भनिएको थियो ।
बाणिज्य संघको सिफारिश केही पदाधिकारी र सदस्यहरुले खोप केन्द्रमा गएर खोप लगाएका छन् । त्यस बाहेक संघले प्रमुख जिल्ला अधिकारीलाई मनाएर दुई सय डोज खोप पाएको छ ।
खोप लगाउने व्यवसायीलाई सदस्यता नविकरण भएको प्रमाण पत्र र नविकरण शुल्क तिरेको रसिद सहित सोमाबार ५ बजेसम्म संघको सचिवालयमा नाम दर्ता गराउन अध्यक्ष मल्लले आग्रह गरेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी