२०८१ मंसिर ७, शुक्रबार
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् ।
आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ ।
ऊर्जामन्त्रीलाई बालुवाटारमै बोलाएर देउवाले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशन लगतै ऊर्जामन्त्री भुसालले हालका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यसँग राजीनामा माग गरिसकेकी छिन् ।
कतै निश्चित स्वार्थ समूहको चलखेलबाट लोडशेडिङ गराएर पुरानै अन्धकार युगमा देशलाई फर्काउने कसरत भइरहेको त हैन? त्यही कसरतअन्तर्गत कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकारणमा निरन्तरता नदिइएको शङ्का गर्नेहरू पनि देखिन्छन्। तर कुलमान घिसिङको विचारमा अहिले “नियतवश लोडशेडिङ गराउने योजना” ले बत्ती गएको भने हैन। “मैले पनि अनुभूति गरेको छु कि पटकपटक बिजुली गइरहेको छ। तर यसको पछाडि नियतवश लोडशेडिङ गराउने योजना भने होइन,” उनले बीबीसीलाई बताए।
त्यसोभए अहिले किन बत्ती पटकपटक गइरहेको होला त? घिसिङ भन्छन्, “यसका दुई-तीनवटा कारण हुनुपर्छ। एक त समस्याहरू निरन्तर आइरहन्छन् तर तिनको द्रुत गतिमा सम्बोधन भइरहनुपर्छ। अर्को माग र आपूर्तिबीच पनि निरन्तर सन्तुलन मिलाइराख्नुपर्छ।” तर उनले ‘माग धेरै भएकाले तार पग्ल्यो वा के-के भयो’ भन्नेजस्ता समाचारमा सत्यता नभएको बताए।
“माग बढेर समस्या आएको होइन। कतै ट्रान्सफर्मर वा कतै लाइनमा केही समस्या आइपरेको छ भने पहिले नै यस्तो होला भनेर द्रुत गतिमा त्यसलाई समाधान गर्नुपर्यो। अनि आपूर्तिमा सन्तुलन छैन भने त्यो पनि गरिहाल्नुपर्यो,” उनको सुझाव छ। “समस्या आयो भने तत्काल त्यसको सम्बोधन गर्न उच्च व्यवस्थापननै लागिपर्नुपर्छ। प्राविधिक समस्या बेलाबेला आइरहन्छन् त्यसैले व्यवस्थापन चनाखो हुनुपर्छ।”
“मलाई त यसपालि काठमाण्डूमा झन्डै ७० मेगावाट जति मागमा कमी आएको जस्तो लाग्छ,” कुलमान घिसिङले बताए।तर शाक्यको भनाइमा चाहिँ यो वर्ष पनि काठमाण्डूमा पोहोरकै हाराहारीमा माग कायम छ। “पोहोर सबभन्दा उच्च माग भनेको ४०७ मेगावाट पुगेको थियो भने अहिले लगातार जस्तो ३९० मेगावाट पुगिरहेको छ,” उनले भने। त्यसले सबस्टेशनहरूलाई माग धान्न गाह्रो पर्ने गरेको र एउटाबाट अर्कोमा चाप सार्दा प्राविधिक समस्या आएकाले पनि कतैकतै बिजुली गइरहेको उनले बताए।
तराईमा चाहिँ पोहोरभन्दा झन्डै ८०-९० मेगावाट माग बढिरहेको र त्यसको मुख्य कारण चुहावट हुनसक्ने घिसिङ बताउँछन्। “उद्योगधन्दा विस्तार भएर माग बढेको त देखिँदैन। सायद चुहावट ५ प्रतिशत जति बढेको हुनसक्छ,” घिसिङले भने।अहिले नेपालमा देशव्यापी उच्च माग करिब १,४६० मेगावाट पुग्ने गरेको बताइन्छ। नपुग माग धान्न भारतबाट पनि बिजुली आयात भइरहेकै छ। खासगरी हिउँदमा अप्ठ्यारो परे पनि गर्मी लागेपछि भने आन्तरिक आपूर्ति नै मनग्य पुग्ने शाक्य बताउँछन्। त्यसमाथि ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको एउटा यूनिट चैततिर नै सञ्चालनमा आउन सक्ने र त्यसले प्रणालीमा ७६ मेगावाट थप्ने उनले बताए।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी