२०८१ मंसिर ६, बिहिबार
‘बिच्च बिच्चमा ४ –
ख्यास्स पुतली’ बोलको तीज गीतमा समेटिएको शब्दहरुले तीज पर्व र महिलाहरुको अपमान गरेको भन्दै प्रतिष्ठानले आपत्ति जनाएको पछि ।दुर्गेश थापाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफूप्रति अन्याय गरेको बताएका छन् । ‘मलाई प्रतिष्ठानले दुर्गेश थापा बनाएको होइन । म आफैँ दुःख, संघर्ष गरेर अगाडि बढेको हुँ ।
दुर्गेश आफूले गाउँघरतिर बोलिने शब्दलाई प्रयोग गरेर गीत बनाएको दाबी गर्छन् , गाउँतिर ख्यास्स भन्नाले बल्ल खाइस् भन्ने अर्थ बुझिन्छ । त्यसमा नराम्रो भन्न खोजेको जस्तो लाग्दैन । उहाँहरुले कसरी बुझ्नु भो मलाई थाहा भएन ।’संस्थासँग आबद्ध भएपछि पहिले बोलाएर छलफल गर्नुपर्ने दुर्गेश बताउँछन् । उनी भन्छन् ‘छलफल गरेको भए, दुर्गेश यसरी अगाडि बढौं । यो शब्दलाई हटाउँ भनेको भए सोहीअनुसार गर्थेँ ।
पहिले पनि विवाद भयो । प्रहरीको कार्यालय गएँ । त्यतिबेला पनि अग्रजहरुको आग्रह अनुसार गीत हटाएको थिए -दुर्गेशले गुनासो पोखे ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी