२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर: बुधबारदेखि नगरपालिकाले १ नम्बर वडाबाट नागरिकको ऐलानी जग्गा नाप्ने कामको शुभारम्भ गरेको हो । हात्तिथला १ की गौरादेवीको जमिनमा जिपिएस प्वाईन्ट राखिएकोछ । सो संगै नगरका ९ हजार नागरिक जमिनका मालिक बन्ने भएका छन ।
बेदकोट नगरका मेयर अशोक कुमार चन्द, प्रदेशका समाजिक विकास मन्त्री लाल बहादुर खडका, प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले संयुक्त रुपमा जिपिएर प्वाईन्टको उद्घाटन गरेका छन ।
संघ सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजी गर्ने निर्णय गरेपनि बेदकोट स्थानीय सरकारले ऐलानी जमिन नाँपजाँज शुरु गरिने जनाएको छ । बेदकोट नगरका मेयर अशोक कुमार चन्दले नगरका ६० प्रतिशत नागरिकसंग जमिनको स्वामित्व नभएको बताए । ‘संघ सरकारले आयोग खारेजी गरेको छ, ‘उनले भने ‘हामीले अव्यवस्थित बसोबासी, भूमिहिन दलित र सुकुमबासीको लगत संकलन गरिसकेका छौँ ।’
मेयर चन्दले गत फागुनदेखि लगत संकलन गरिएको बताउदै लगत प्रविष्ट गरिएको बताए । ‘सबै वडाहरुमा नापी टोली पठाँउछौँ, ‘मेयर चन्दले भने, ‘नगरभरी २ सय जिपिएर प्वाईन्ट राखेर काम अघि बढाउँछौँ ।’ राजस्व घटाउनुपर्ने उनले बताए । मेयर चन्दले चुनावका बेला जनतासंग गरेका बाचा अनुरुप काम अघि बढाउने प्रतिबद्धता जाहेर गरे ।
बेदकोट नगरमा ५ सय ६१ भ्ूमिहिन दलित, सुकुमबासी र ८ हजार ६ स ५१ ले अव्यवस्थित बसोबासीमा फारम भरेका छन । नगरपालिकाले केन्द्रमा सरकारले भूमि आयोग विघटन गरेपनि नगरपालिकाले काम शुरु गरेर थप सहज पारेको बताए ।
कार्यक्रममा भूमि आयोग कञ्चनपुरकी अध्यक्ष कमला बोहराले सरकारले पदाधिकारी हटाउनुपर्नेमा आयोग नै खारेजी गरिदिएको चिन्ता व्यक्त गर्नुभयो । प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले जनतालाई मालिका बनाउने काममा देउवा सरकार तुसारापात गरेको बताए । बेदकोट नगरपालिका १ का वडाध्यक्ष हरि गिरीले नगरपालिकाले शुरुवात गरेको कामले नगरका स्थानीय हर्षित भएको बताए । ‘जनता हर्षित भएका छन, ‘उनले भने, ‘संघ सरकारले जनताको भावना अनुरुप अघि बढ्नुपर्छ ।’ बेदकोट १मा मात्रै ९सय नागरिकले भूमिहिन, भूमिहिन दलित र व्यववस्थित बसोबासीम फारम परेका छन । बेदकोट नगरका स्थानीयले जमिनको स्वामित्व पाउने भन्दै जग्गा नापजाँच कार्यको स्वागत गरेका छन । बेदकोट नगरका स्थानीय युवा, राजनीतिकर्मी रामचन्द्र रेग्मीले स्थानीय सरकारले गरेको काममा संघ सरकारले समेत साथ दिनुपर्ने बताए । ‘सघ सरकारले भूमि आयोग खारेजी गरेसंगै भूमि आयोगको कामलाई निरन्तरका लागि स्थानीय सरकारलाई जिम्मेबारी दिनुपर्छ, ‘उनले भने, ‘धेरै काम अघि बढिसकेको छ ।’ जिपिएर प्वाईन्ट राखिएको स्थानीय गौरादेवी धामीले जमिनको लालपुर्जा पाउने आश व्यक्त गरिन । ‘नगरभरीमा मेरै जमिनबाट नाप्ने भनेर जिपिएर प्वाईन्ट राखिएको छ, ‘उनले भनिन, ‘म धेरै खुसी छु,जमिनको स्वामित्व पाईने आशा पलायो ।’ लामो समयदेखि ऐलानीमा बस्दै आएका स्थानीय पदम सिह ऐरीले समेत जमिनको मालिक बन्ने आशा व्यक्त गरे । स्थानीय सरकारले गरेको कामसगै बेदकोट नगरका अव्यवस्थित बसोबासी, भूमिहिन र भूमिहिन दलितले जमिनको मालिक बन्ने भन्दै खुसी व्यक्त गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी