२०८१ मंसिर ८, शनिबार
दार्चुला जिल्लामा ८ जना व्यक्तिमा स्क्रब टाइफसका विरामी भेटिएका छन। जिल्ला अस्पताल दार्चुलाका अनुसार तिन वटा स्थानीय तहका ६ जना महिला सहित ८ जनामा स्क्रब टाइफसका विरामी देखिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए।
सूचना अधिकारी भट्टका अनुसार साउन १३ गते देखि १८ गते सम्म २ जना पुरुष तथा ६ जना महिला गरी ८ जनामा स्क्रब टाइफस देखिएको उनले बताए। दार्चुलाको मालिकार्जुन गाउँपालिका तथा व्याँस गाउँपालिकामा समान १÷१ जना र महाकाली नगरपालिकामा ६ जनामा स्क्रब टाइफस देखिएको छ।
जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि पुगेका व्यक्तिहरुको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको अस्पतालले जनाएको छ। गत बर्षमा जिल्लाभरी ३४ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थियो।
हालसम्म जिल्लामा देखिएकाहरु स्क्राब टाइफसका बिरामीलाई घर पठाइएको छ। चिकित्सकहरुका अनुसार माइट नामक किर्नाको टोकाईबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी