२०८१ मंसिर ८, शनिबार
बैतडीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ बर्षीय सन्तोष चन्द र १८ बर्षीय अमृत चन्दको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक बोधराज ओझका अनुसार बँदेल मार्न मकै बारीमा थापेको विद्युतीय धरापमा परेर दाजुभाइको मृत्यु भएको हो । बुधबार राती सवा ९ बजेतिर दुवै जनालाई करेन्ट लागेको र मृत्यु भएको ओझाले जानकारी दिए । घटनाका बिषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट टोली खटाइएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी