२०८१ मंसिर ८, शनिबार
बाजुरा :
बाजुरामा उपचार गराइरहेका बालक र रिफर गरिएका एक बालक गरी दुई जना बालकमा कोरोना भाइरस देखा परेको छ ।
जिल्ला अस्पताल बाजुराका विरामी भएर आएका दुई बालकमा कोरोना भाइरस देखा परेको हो ।
विरामी भएर आएका एक बालकलाई जिल्लामा उपचार सम्भव नभएपछि धनगढी हुदै काठमाण्डौ उपचारमा लगिएपछि त्यहाँ परिक्षण गर्दा डेल्टा नामक कोरोना देखिएको र जिल्ला अस्पताल बाजुरामा उपचारमा आएका एक बालकको जिल्ला अस्पताल बाजुराबाट स्वाब संकलन गरी डोटी प्रयोगशालामा परिक्षण गर्दा कोरोना देखिएको जिल्ला अस्स्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर प्रकाश जोशीले बताएका छन् ।
जिल्ला अस्पताल बाजुरामा पछिल्लो समयमा विरामीमा बालबालिकाहरु बढी आउने गरेको प्रमुख डाक्टर जोशीले बताए । धेरै बालबालिकाहरु विरामी भएर जिल्ला अस्पताल बाजुरामा भर्ना गरी उपचार गराईरहेको जिल्ला अस्पताल बाजुराका प्रमुख जोशीको भनाई रहेको छ । जिल्ला अस्पताल बाजुरामा उपचारत १३ जनाको स्वाव संकलन गरि पठाउदा एक बच्चामा कोरोना पोजेटिभ देखीएको डाक्टर जोशीले बताएका छन ।
जिल्ला अस्पताल बाजुुराले धनगढी हुदै काठमाडौ रिफर गरेको एक १० वर्षका बालकलाई कोरोना भाइरसको डेल्टा भेरियन्ट भाइरस देखिएको छ । जिल्ला अस्पताल बाजुरामा एन्टिजेन जाँच गर्दा नेगेटिभ भएपछि उनलाइ चार दिन जति निमोनियाको उपचार गरेको थियो ।
अस्पताल बाजुरामा सञ्चो नभएपछि धनगढी रिफर गरेको थियो । धनगढीमा पनि उपचार सम्भब नहुने भन्दै काठमाडौ रिफर गरेको थियो । त्यहाँ कोरोना जाँच गर्दा कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिएको अस्पताल बाजुराका प्रमुख डा. जोशी बताउँछन् ।
बच्चालाइ उपचारका क्रममा लिदा बाटोमा सरेको हो, या बाजुरा हुदै उक्त भाइरसले संक्रमण गरेको हो, कुनै जानकारी नभएको जोशीले मालिका टुडेलाई भने । उक्त बच्चाको सम्पर्कमा रहेका अन्यको स्वाब संकलन गरेर पिसिआर गर्ने तयारी रहेको जोशी बताउँछन् ।
कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिएको बच्चालाई काठमाडौमा भेन्टिलेटरमा उपचार पछि सञ्चो भएर डिस्चार्ज गरेको परिवारले जनाएको छ ।
अस्पताल बाजुरा अहिले ९ जना बच्चाको उपचार भइरहेको छ । निमोनिया जस्तो लक्षण देखा परेको बच्चाहरुको अक्सिजनको साहारामा उपचार भइरहेको अस्पतालले जनाएको छ । १३ जनाको स्वाब संकलन गरेर डोटी पठाएकोमा एक जनामा कोरोना पोजेटिभ देखिएकोे जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी