२०८१ मंसिर ८, शनिबार
बाजुरा
बाजुराको स्वामिकार्तिक गाउँपालिका वडा नम्बर-१ बाहुनीका कृषकको प्याज घरबाटै ढुवानी हुनथाले पछि स्थानिय कृषक खुशी भएका छन्।बजार बाट टाढा रहेको बाहुनी गाउँमा यो बर्ष धेरै मात्रामा प्याज फलेपनी भौगोलिक बिकटताका कारण प्याज बजार सम्म पुर्याउन नपाइ घरमै कुहिन थालेपछी कृषी ज्ञान केन्द्र बाजुरा र स्वामिकार्तिक गाउँपालिका कृषी बिकास शाखा को ढुवानी अनुदान सहयोगमा खच्चड मार्फत १२ क्विन्टल प्याज पहिलो चरणमा जिल्ला सदरमुकाम मार्तडीमा पुर्याइएको छ। पहिलो चरणमा ढुवानी गरिएको सबै प्याज बजारमा प्रती केजि रु ५० का दरले बिक्रि बितरण शुरु भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोभिन्द्र सिजापतिले बताएका छन् ।
बर्षातले गर्दा बाटो अबरुद्ध भएका कारण बाजुरा जिल्ला बाट प्याज बाहिर पठाउन सकियको छैन अबको ३ दिन भित्रै फेरि प्याज मार्तडी सम्म आउने र बाटो खुल्ने बित्तिकै जिल्ला भन्दा बाहिर समेत पठाइने ज्ञान केन्द्र प्रमुख सिजापतिको भनाई छ । किसानलाइ प्रती केजि ३५ का दरले ढुवानी अनुदान दिइएको छ भने कृषकले बजारमा प्रती केजी ५०का दरले बिक्री गरेका छन्। ढुवानी अभावमा मेहनतले फलाएको प्याज घरमै कुहिन थालेपछि चिन्तित बनेका किसान अनुदान सहयोगमा बजार सम्म पुर्याउन पाएपछी धेरै खुशी भएका छौं बाहुनि गाउँका स्थानिय बिष्णु बिकले भन्नुभयो ।बजारको माग बढेर गए गाउँ (गाउँ बाट अनुदानमा प्याज बजार सम्म ढुवानी गरिने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी