अछामको चौरपाटी गाउँपालिका–७ मार्कुका हर्क बहादुर बोकटी झोली–झिम्टा बोकेर कञ्चनपुरको गौरीफन्टा नाकामा भेटिए ।
उनीसंग श्रीमती, ८ वर्षीय छोरा र ४ वर्षीय छोरी पनि संगै थिए । हर्क बहादुरसंग भारत जानका लागि गाउँकै अरु १० जना पनि आएका थिए ।
नाकामा हर्क बहादुर छोराको हात समातेर भारत जानेहरुको लाइनमा नाम दर्ताका लागि पालो पर्खिरहेका थिए । पछाडी उनकी श्रीमती छोरीलाई काखमा च्यापेर दिउँसोको टन्टलापुर घाममा भारत जानेको लाइनमा थिइन।
भारतमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिए पछि बैङ्लोरबाट काम छोडेर हर्क बहादुर तीन महिना अगाडि घर फर्किएका थिए । घरखर्च चलाउन केही पैसा पनि कमाएका थिए ।
लकडाउनमा घरमै बस्दा त्यो कमाएको रकम सकियो । त्यस पछि पेट पाल्नै गाह«ो भयो । अहिले फेरी हर्क बहादुर गुजारा चलाउनका लागि लालाबाला लिएर कामको खोजीमा भारत हानिएका छन् ।
‘कमाएको पैसा पनि सकियो । लकडाउनले गाउँमा पनि केही काम पाइएन ।’ उनले भने, ‘बिहान बेलुकाको गाँस जोड्नै समस्या हुन थालेकोले कामको खोजीमा भारततिर जादैछौँ ।’
बझाङको छबिसपाथीभराका विवेक रोकाया एक वर्ष अगाडि कोरोना कारण घर भारतबाट फर्किए । उनले फेरी भारत नजाने र स्वदेशमै रोजगारी गर्ने योजना पनि बनाए । तर जीविकोपार्जनका लागि स्वदेशमा केही काम पाएनन ।
बरु एक वर्ष भन्दा बढि घरमा बस्दा ऋण निकाल्नु प¥यो । घरखर्च चलाउन र त्यही ऋण तिर फेरी उनले विदेशीनु परेको छ । ‘अब त गाउँमै केही काम गर्छुँ भनेर फर्किएको थिए ।’ उनले भने, ‘तर केही काम पाइएन । बरु एक वर्ष गाउँमा बस्दा ऋण मात्रै लाग्यो ।’