२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर २६ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नम्बर १२ स्थित महाकाली छ लेन सडक क्षेत्रमा मास्क वितरण गरेको छ । नगरपालिकाले कोरोना संक्रमणको जोखिमलाई मध्य नजर गदैँ सचेतना मुलक कार्यक्रमसहित मास्क वितरण गरेको हो ।
पछिल्लो समय भाईरल रोडको रुपमा परिचित हुदैँ गएको महाकाली छ लेन सडक आन्तरिक पर्यटको रोजाई परेको छ । त्यस क्षेत्रमा दिनहुँ भिड बढ्दैँ जान थालेपछि कोरोना संक्रमणको जोखिम पनि बढेको छ ।
सोही कुरा मध्यनजर गदैँ नगरपालिकाले मास्क वितरण गरेको नगर प्रमुुख सुरेन्द्र विष्टले बताउनु भयो । उहाँले महाकाली सडक घुम्न आएकालाई मास्क वितरण गर्नु भएको थियो । कोरोना संक्रमणबाट मास्क अनिवार्य भएकोले सबैलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न उहाँले आग्रह समेत गर्नु भयो ।
त्यस्तै मास्क वितरण कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डे, जिल्लाका प्रहरी प्रमुख एसपी उमा प्रशाद चतुर्वेदी, कञ्चनपुरका सशस्त्र प्रहरी प्रमुख लगाएको उपस्थिती रहेको थियो । त्यस्तै कार्यमा वडा प्रहरी, जनचेतना क्लबको टिम पनि सहभागी थिए ।
भीमदत्त नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि छुट्टै संयन्त्र तयार गरि सक्रिय रुपमा काम गरिरहेको छ । नगरपालिकाले सीमा नाका गड्डाचौकीमा होल्टीङ सेन्टर निर्माणसहित नाकालाई व्यवस्थीत बनाएको छ ।
नगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि सरोकारवाला निकायसँगको सहकार्यमा काम गदैँ आएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी