२०८१ मंसिर ६, बिहिबार
बाजुरा:
बाजुराको बडीमालिका नगरपालिकामा रहेको विरेखोला झरनाको आकर्षण बढ्दै गएको छ । करिब डेढ सय मिटर अग्लो यो झरना बाजुरासहित अन्य जिल्लाका प्रकृतिक प्रेमीहरुका लागि आकर्षणको केन्द्र निन्दु बन्दै गएको हो ।
जिल्लाको बडीमालिका नगरपालिका–८ र ६ को सिमानामा रहेको यस झरना जिल्ला सदरमुकाम मार्तडीबाट झण्डै ६ किलोमिटर दक्षिर्णमा पर्छ ।
विरेखोला झरना देख्दा जोकोहीलाई पनि स्वार्ग थर्तिमै छ की भन्ने आभास दिलाउन्छ । विरेखोला झरना हेर्न बाजुरासहित बाहिर जिल्लाबाट सयौं मानिसहरु पुग्ने गरेका छन् । साँफे मार्तडी सडक खण्ड नजिकै उक्त झरना रहेकोले त्यहाँ नपुगी कोही फर्केदैन्न ।
जिल्ला भित्रकै मात्र नभएर अहिले यो झरनामा रमाउनका लागि शुदूरपश्चि प्रदेशका अन्य जिल्लाका मानिसहरु आउने गरेका छन् । कोरोना भाइरसको संक्रमण घटेसंगै सो झरनामा रमाउन तथा अवलोकनका लागि आउने अन्तरिक पर्यटकको संख्या दिनहु बढ्दै जान थालेको छ ।
आन्तरिक र बाह्य पर्यटक आउन थालेपछि पुरै झरना क्षेत्र रमणीय बन्दै गएको छ । झरना अवलोकन तथा रमाउनका लागि बाजुरालगायत विभिन्न जिल्लाका स्थानीय बासी आउन थालेपछि भीड बढ्न थालेको छ ।
झरना सुन्दर दृश्यावलोकनले त्यहाँ पुग्ने जो कोहीलाई पनि प्रसन्न तुल्याउने बडीमालिका नगरपालिका–९ का गोपाल विकले बताए । झरनासम्म अवलोकन तथा रमाउन जाने त छदैन् तर गाडीमा आवत जावत गर्ने जो कोहीले पनि जान छुटयाउदैनन्, उनले भने फोटो खिच्नका लागि भएपनि त्यहाँ पुगेकै हुन्छन् । एकनासले छल्छल्कँदै बग्ने झरनाले धेरै तनावका बिचमा पुग्नेको मनलाई धेरै शान्त पार्न सहयोग गरिहेको हुन्छ । झरनाको सुन्दरता देखेपछि जस्तै तनाव पनि एकछिनमै हराउने र अन्य कामका लागि त्यहाँ गएपनि झरनाको सौन्दर्यको स्वाद नचाखी जान मनले नमान्ने विकको अनुभव छ ।
सामान्यतः जिल्लाभित्रका अधिकांस मानिस झरनामा फोटो खच्नका लागि भएपनि पुग्ने गर्दछन् । करिब दुई वर्षयता यो झरनाले समाजिक सञ्जाल लगायतमा चर्चा छ । एकनासले छल्कँदै बग्ने झरनामा इद्रेणी पर्ने गर्दछ । पर्यटकहरु छल्कीएको पानीमा नुहाएर रमाउने गर्दछन् । त्यहाँ कोही नुवाएर रमाउने, कोही टिकटक बनाउने त कोही फोटो खिच्ने बढी हुन्छन् ।
गत वर्षसम्म झरनासम्म जाने बाटो थिएन् । पर्यटकहरु जोखिम मोलेर झरनासमम्म पुग्ने गर्थे तर योवर्ष बडीमालिका नगरपालिकाले झरनासम्म पुग्ने फराकिलो बाटो बनाएपछि थप सहज भएको छ । नगरपालिकाले झरनामा प्रवेश गर्ने गटे र झरनाको तल काठको पुल र रेलिङड । निर्माण गरेको छ । यसले गर्दा पर्यकहरुलाई अझै सहज भएको पर्यटकहरुले बताएका छन् ।
सदरमुकामदेखि झरनासम्म रमाउन गएकी पर्यटक विमला थापाले झरनाको अलिअलि व्यवस्थापन भएपनि खासै जोखिमै रहेको बताएकी छन् । काठको पुल बनाईएको छ, काठ कुहिदै गएको र पुल जिर्ण बन्दै गएकोले झन जोखिम रहेको बताइन् ।
जिल्ला सदरमुकाम मार्तडीबाट करिब २० मिनेट गाडी यात्रामा पुगिने यो झरनामा प्राय जिल्ला सदरमुकाम मार्तडीकाबाट बढी आउने गरेका छन् । झरनाले पर्यटन प्रर्वद्धनमा निकै भूमिका खेलपनि केही व्यवस्थापनमा कमी देखिएको पर्यटक गौरीकान्त सन्जेलले बताएका छन् ।
सदरमुकामबाट केही आन्तरिक पर्यटक लिएर झरना पुगेका पर्यटन धर्म बहादुर कार्कीले झरना अत्यन्तै आकर्षक र सुन्दर रहेको बताए । उनले भने, ‘यसले आन्तरिक पर्यटक मात्र होइन, भोलिका दिनमा विरेखोला झरना आउने बाह्य पर्यटकलाई पनि लोभ्याउन सक्नेछ ।
माथि डाँडाबाट आएको चिसो पानीमा नुहाउँदा आनन्दको महसुस हुने बताए । गर्मी छल्न र मन बहलाउनका लागि उक्त झरना पर्यटकीय गन्तव्य बन्न सक्ने र यसले आन्तरिक पर्यटक मात्र होइन, विदेशी पर्यटकलाई समेत लोभ्याउन सक्ने उनी बताउँछन् ।
बडीमालिका नगरपालिकामा स्थित यो झरनाले पर्यटकीय प्रर्वद्धनमा निकै भुमिका खेलेपनि भौतिक पुर्वधार लगायतका विकासमा केही कमी हुँदा झरनाबाट लिनु पर्ने लाभ स्थानीय तहले लिन सकेको छैनन् । निजी क्षेत्रसंग सहकार्य गर्दै पर्यटकीय क्षेत्र सो झरनालाई व्यवस्थित बनाउन सके आर्थिक विकासमा पनि निकै मदत पुग्ने देखिन्छ । झरना साँफे मार्तडी सडक नजिकै रहेकाले पर्यटकको आगमनमा पछिल्लो समय वृद्धि हुन थालेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी