२०८१ मंसिर ८, शनिबार
कैलाली:
कैलाली जिल्ला जानकी गाउपालिका वडा नं. ७ टिकलीगढ घर भएका हाल बर्ष ६२ का लोकेन्द्र भनिने लोकुन डगौरा थारु बिगत ३३ बर्ष अघि कामको सिलसिलामा भारतको सिम्ला गएदेखि वेपत्ता अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भए पश्चात मिति २०७८ साल भाद्र ९ गते प्रहरी परिसर टेकु काठमाण्डौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंहले तालुक गृह मन्त्रालयबाट निज भारतको विहारमा फेला परेको र निजले आफ्नो ठेगाना कैलाली जिल्ला रहेको भन्ने बुझिएकोले तत्काल भारतीय पक्षसंग समन्वय गरी उद्दार गर्न जानकारी गराए बमोजिम यस जिल्ला प्रहरी प्रमुख विश्व अधिकारीले निजलाई फेला पार्ने भारत विहार राज्य गया जिल्ला बाराचट्टी बस्ने सन्दिप यादव मार्फत निज लोकुन डगौरा थारुसंग सम्पर्क स्थापित गरेको प्रहरी।
हालको अवस्थामा लोकन डगौरा थारु सबै कुरा स्मरण गर्न र अभिव्यक्त गर्न सक्ने अवस्थामा नरहेता पनि निजसंग भिडियो CHAT मा कुराकानी गर्दा निजले आफ्नो घर टिकापुरको मुनुवा आसपास हो भन्ने बताएपछि निजको फोटो सहित उक्त गाऊँघरमा निजको घर तथा आफन्तजन पत्ता लगाउन ईलाका प्रहरी कार्यालयबाट समेत प्रहरी परिचालन गरिएको ।
निजलाई २५ अगस्ट (भाद्र ९ गते) बेलुकी करीब ६ बजे निज संदिप यादवले गया स्थित नेशनल हाईवेमा फेला पारेपछि आफ्नो घरमा ल्याई सोधखोज गरी नेपालमा सम्पर्क गरेका थिए तर निज १० गते बिहान त्यहाँबाट निस्की हिडेकोमा सन्दिप यादवले पुन खोजतलास गरी आफ्नो घरमा राखेका थिए ।
यस कार्यालयले निजको घर ठेगाना र आफन्तको एकिन गरेपछि भारतीय प्रहरी र संदिप यादवको सहयोगमा निजलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा हस्तान्तरण गरिएको थियो र जि.प्र.का. पर्सामा निजका छोरा तथा प्रहरीलाई पठाई निजलाई यस कार्यालयमा ल्याई निजका छोरा बर्ष ३८ का राम बहादुर डगौरालाई हस्तान्तरण गरी पारिवारिक पुनर्मिलन गरिएको प्रहरी ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी