२०८१ मंसिर ८, शनिबार
कैलाली:
हालै प्रहरी जवान पदको सम्पूर्ण परीक्षाहरु समाप्त भई अन्तिम नतिजा प्रकाशनको क्रममा रहेको अवस्थामा एकजनालाई प्रहरी बनाई दिन्छु भनी ठगी गरी रहेको भन्ने सुचनाको आधारमा मिति २०७८।०५।१७ गते तालुक सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र कार्यालबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नम्बर ३ चौराहबाट जिल्ला बझाङ मष्टा गाउपालिका वडा नम्बर २ बस्ने जनक बहादुर सिंहको छोरा बर्ष २५ को मनोज कुमार सिंहलाई पक्राउ गरेको छ ।
निजको साथबाट प्रहरी बनाई दिने भनी पैसा माग गरी लिएको रु.६०,०००।–(साठी हजार) को चेक बरामद बरामद भएको छ भने निजको फोन चेक जाँच गर्दा पिडितलाई फोन गरी धम्काई पैसा तथा चेक नदिए प्रहरीको छनौटबाट फेल गरी दिने भन्ने धम्की र प्रलोभन दिई फोन गरेको रेकर्ड समेत बरामद भएको प्रहरी ।
निजलाई पिडितको जाहेरी दरखास्तको आधारमा ठगी शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भई रहेको ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी