२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर : कञ्चनपुरमा शनिवार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणमा ४ जना र ऐन्टिजिन २ जनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
कोरोना पुष्टि हुनेमा भीमदत्त र कृष्णपुुर नगरपालिकामा २(२ जना, शुक्लाफाँटा र बेलौरीमा १(१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महिन्द्रा भटटले जानकारी दिएकी छन् । यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ८ हजार ४ सय ६ पुगेको छ ।
यस्तै, शनिवार ७ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिले सम्म कोरोना संक्रमणलाई जित्नेको संख्या ८ हजार १ सय ९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ८८ पुगेको छ ।
आज कोरोना संक्रमितको मृत्यु भएको छैन् अहिले सम्म कोरोनाबाट मर्नेको संख्या १ सय ९१ पुगेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी