२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । कञ्चनपुरको पश्चिमी सिमा नाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कमा कोरोनाको परिक्षण संगै क्षयरोग तथा औलोको पनि परिक्षण भई रहेको छ । सुदूरपश्चिममा चाडपर्व भित्रिए संगै भारतमा काम गर्न गएका नेपाली दाजुभाईहरु पनि भित्रिने संख्यामा वृद्धि भईरहेकाले कोरोनाको जोखिम कम गर्न र अन्य संक्रामक रोग फैलिन नदिन क्षयरोग तथा औलोको पनि परिक्षण भईरहेको गड्डाचौकी हेल्थ डेस्कले जनाएको छ ।
भातबाट नेपाल आउने अथवा नेपाल भित्रिने सम्पुर्ण नेपालीहरुमा कोभिड–१९ एन्टिजिन परीक्षण को साथै सम्भाबित सबैमा औलोरोग आरडिटी मार्फत नियमित परिक्षण कार्यजारी संगै दैनिक सम्भाबित सबैमा क्षयरोग नमुना संङ्कलन पनि गरिरहेको गड्डाचौकी हेल्थ डेस्कका प्रमुख डाक्टर सन्तोष भटटले जानकारी दिएका छन् ।
“सिमा नाकाबाट प्रवेश गर्ने सबै नेपाली अथवा अन्य व्यक्तिहरुले नेपालमा प्रवेश गर्नुपूर्व कुनै पनि किसिमको रोग बोकेर नेपाल प्रवेश नगरुन् ।” प्रमुख भटटले भने, “पहिला स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा लागु गरेर मात्रै नेपालमा प्रवेश गराउने उदेश्यले सिमा नाकामै परिक्षण गरिने व्यवस्था गरिएको हो ।”
शनिवार मात्रै ४ सय ३१ जनामा एन्टिजिन परिक्षण हुँदा ५ जनामा कोरना संक्रमण देखिएको र ५१ जनामा औलोको परिक्षण गर्दा सबै नेगेटिभ रिपोर्ट आएको उनले बताए ।
यस्त,ै हेल्थ डेस्कले भाद्र १० गतेबाट सिमा नाकाबाट नेपाल प्रवेश गर्नै सबै नेपाली दाजुभाई महिलाहरुलाई कोरोनाको एस्ट्राजेनिक खोप पनि लगाउन सुरुवात गरेको छ । हेल्थ डेस्कका प्रमुख डाक्टर भटटका अनुसार अहिले सम्म उक्त नाका भएर आउने तथा स्थानीयहरुले सहित २ हजार भन्दा बढी खोप लगाई सकेको जानकारी दिएका छन् ।
अहिले नाका बाट दैनिक ४ सय देखी ५ सय सम्म नेपालीहरु आउने गरेको र लक्षण देखा परेकाहरुको कोरोना परिक्षण गर्दा अहिले दैनिकरुपमा ४ देखी ५ जनामा कोरोना पोजेटिभ देखिने गरेको उनले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी