२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर । नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल बनेको छ । सोमबार थप एक प्रदेश सांसदले नेकपा एमाले छाडेर समाजवादीमा सनाखत गरेसँगै एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको हो ।
सोमबार सांसद माया तामाङ बोहराले माधव नेपाल नेतृत्वको समाजवादी पार्टीमा सनाखत गरेकी हुन् । उनले सनाखत गरेसँगै १४ जना प्रदेश सांसद भएको एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । तामाङ यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समूहमा थिइन् । एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्षीय १७ जना प्रदेश सांसदले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिदासमेत उनी विपक्षमै थिइन्।
यसअघि गत सोमबार १० एमाले सांसदले एकीकृत समाजवादीमा सनाखत गरेका थिए भने आइतबार (हिजो) ३ सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए। त्योसँगै १३ सांसद पुगेका एकीकृत समाजवादीमा सोमबार (आज) तामाङले सनाखत गरेपछि १४ सांसद पुगेका हुन्।
यो सँगै प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एमाले चौथो दल बनेको छ । सुदूरपश्चिम प्रदेशसभामा २५ जना प्रदेशसभा सदस्य रहेकोमा १४ जनाले एकीकृत समाजवादी रोजेपछि एमालेसँग अब सभामुख सहित ११ जना प्रदेशसभा सदस्य मात्र रहेका छन् । प्रदेशसभामा अब एकीकृत समाजवादी पार्टी १४ सांसद सहित पहिलो, नेकपा माओवादी केन्द्र १३ सांसदसहित दोस्रो, नेपाली काँग्रेस १२ सांसदसहित तेस्रो, नेकपा एमाले ११ सांसदसहित चौथो र जनता समाजवादी पार्टी दुई सांसद सहित पाँचौं दल भएको छ ।
भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला मन्त्री पूर्णा जोशी र सामाजिक विकास मन्त्री लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्व मन्त्री माया भट्ट, पूर्वराज्यमन्त्री प्रकाश रावल र पूर्व प्रमुख सचेतक तारा लामा तामाङ, सांसदहरु सुशीला बुढाथोकी, कुलबीर चौधरी, अमर साउँद र बलबहादुर सोडारी र माया तामाङ बोहराले एकीकृत समाजवादी रोजेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी