२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । डोटीमा नेकपा (एकीकृत समाजवादी) को पक्षमा ३ जना जनप्रतिनिधिले सनाखत गरेका छन् । डोटीको पुर्विचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिकाका उप–प्रमुख शिवराज खड्का र सायल गाउँपालिका वडा नं.३ का अध्यक्ष गोरखबहादुर सार्कीले सनाखत गरेका हुन् ।
आफुहरु नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा रहेको भन्दै निर्वाचन आयोगको जिल्ला कार्यालय सिलगढीमा सनाखत गरेको वडा अध्यक्ष गोरख सार्कीले जानकारी दिएका छन् ।
तत्कालीन नेकपा हुँदा पूर्वीचौकीका अध्यक्ष बोगटी र दिपायल सिलगढी नगरपालिकाका उप–प्रमुख खड्का केपी ओली टिमका हुन् भने सायल–३ का वडा अध्यक्ष सार्की प्रचण्ड–माधव टिममा थिए ।
नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्न निर्वाचन आयोगको कार्यालयमा पुगेका जनप्रतिनिधीहरुलाई रोक्नका लागी एमाले डोटीका नेता कार्यकर्ताहरु निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी