२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
६ बर्ष पछि अख्तियारको टोली गैर कानुनी रुपमा महेन्द्रनगर नगर विकास समितिको जमिन बेचबिखन प्रकरणमा छानबिन गर्न कञ्चनपुरमा आएको छ । कञ्चनपुरको भीमदत्त नगर विकास समितिले प्रक्रिया मिचेर जथाभावी जग्गा बिक्री र लिजमा दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयका उपसचिव ओमप्रकाश बराल नेतृत्वको टोलीले नगर विकासको जमिनको घोटाला छानबिन गरिरहेको छ ।२०३५ साल जेठ २० मा गठन भएको तत्कालीन महेन्द्रनगर नगर विकास समिति अहिले भीमदत्त नगरपालिका मातहत छ । ६ सय ३८ बिघा ६ कठ्ठा ८ धुर जग्गा नगर विकास समितिको स्वामित्वमा रहेकोमा विभिन्न समयमा ५ सय ७२ बिघा जग्गा बिक्री गरेको पाइएको छ । अहिले नगर विकास समितिको स्वामित्वमा ६६ बिघा जग्गा मात्र बाँकी रहेको छ ।भाडामा दिएको क्षेत्रमा कच्ची संरचना बनाउनुपर्ने सम्झौता विपरीत सम्बन्धीत व्यक्तिले पक्की संरचना बनाउदा समेत नगर विकास समिति मौन बसेको भन्दै यसअघि व्यापक विरोध समेत भएको थियो । डोजरको प्रयोग गरेर केही संरचनाभत्का एपनि पछि अहिले पनि पक्की संरचना बनाउने काम रोकिएको छैन् । विभिन्न समयमा परेका उजुुरीमाथि विस्तृत अनुसन्धान गर्न उपसचिव बरालको नेतृत्वमा चार सदस्यीय टोली महेन्द्रनगर पुुगेको अख्तियार दुुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशील बताए ।
साविक महेन्द्रनगर नगर विकास समितिसँग सम्बन्धित विभिन्न समयमा परेका उजुरी र उक्त उजुरीमाथि छानबिन गर्नकै लागि उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयले टोली खटाएको र त्यसमा हाम्रो कार्यालयका तर्फबाट पनि कर्मचारी खटिएर अनुसन्धान गरिरहेको उनले बताए ।उक्त टोलीले भीमदत्तनगर विकास समिति मालापोत तथा नापी कार्यालयसँग छानबिनका लागि आवश्यक पर्ने कागज पत्र मागेको र नगर विकास समितिको स्वामित्वमा रहेको जग्गासँग सम्बन्धिको विवरण माग गरेको छ । राजनीतिक दलका नेता, जग्गाका माफिया र कर्मचारीहरुको समेत मिलेमतोमा नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा जथाभावी बिक्री वितरणदेखि लिजमा दिइएको आरोप लाग्ने गरेको छ ।सोही मध्येबाट तीन बिघा लिज र पाँच बिघा जग्गा भाडामा दिइएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी