२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर । कमेडी च्याम्पियन हिक्मत महरालाई शुक्लाफाँटा नगरपालिकामा स्वागत गरिएको छ । महरा लाई मंगलबार नगरपालिकाको सभाहलमा स्वागत गरिएको हो ।
महरालाई शुक्लाफाँटा नगरपालिकामा स्वागत गर्दै शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिल बहादुर ऐरले राष्ट्रकै गहना,सुदुर पश्चिम प्रदेशको एक अब्बल कलाकार महरा शुक्लाफाँटा नगरपालिकाको मात्रै छोरा नभएर शिङ्गो सुदुर अनि नेपालकै छोरा भएको बताए ।
कमेडी च्याम्पियन रियालिटी सो सिजन २ को टप ४ बाट बाहिरिएका कमेडी च्याम्पियन हिक्मत महरा बिगत देखिनै कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं १ बन्शाहमा बस्दै आएका छन् ।
महराको स्थानीय केहि युवाहरुको साथ र सहयोग बाहेक अन्य कुनै पनि राजनैतिक दल,समाजसेबी,संघसस्थाहरुको आर्थिक,भौतिक,नैतिक सहयोग समेत उल्लेख्य मात्रामा नपाएकाले च्याम्पियन महराले टप ४ बाटै बाहिरिनु परेको स्थानीय बिक्रम विष्टले बताए।
प्रस्तुति जतिनै मिहिनेत,जतिनै राम्रो बनाए पनि आखिर निर्णायक टिम ले भोटको आधारमा समेत मुल्यांकन गर्ने भएकाले आफ्नो प्रयाप्त भोट हुन् नपाउदा उत्क्रिष्ट ४ बाटै बिदालिनु परेको दुखेसो कमेडि च्याम्पियन हिक्मत महराले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी