२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । भीमदत्त नगरबाट पहिलो चरणमा १४ युवाले सहुलियत कर्जा पाएका छन् । ‘मेयर उद्यमशिलता विकास कार्यक्रम’अन्तर्गत नगरपालिकाले चालु आर्थिक बर्षमा १४ युवाले सहुलियत कर्जा पाएका हुन् ।
उक्त कार्यक्रमका लागि गत आर्थिक बर्ष ०७६÷०७७ कार्तिकमा नगरपालिकाले नेपाल बैंक लिमिटेडसंग बेरोजगार युवाहरुलाई उद्यमशिलता बनाउनका लागि सहुलियत ऋण उपलब्ध गराउने सम्झौता गरेको थियो ।
भीमदत्त नगरपालिकाले छनौट गरि बैंकलाई सिफारिस गरेका ३८ जना युवा मध्ये पहिलो चरणमा १४ युवाले सुन्य ब्याजदरमा सहुलियत कर्जा पाएको समाजिक विकास अधिकृत गोमती अवस्थीले जानकारी दिईन् ।
भीमदत्त नगरपालिका समाजिक विकास अधिकृत गोमती अवस्थीले मेयर उद्यमशिलता कार्यक्तम अन्र्तरगत नगरपालिकाले आब्हान गरेको सहुलियत कर्जा अन्र्तरगत आब्हान गरेको आवेदन अनुसार गत आर्थिक बर्षमा २ सय ६९ फारम भरेका थिए । नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाका प्रबन्धक महेशराज जोशीले नगरपालिकाबाट सिफारिस भए आएका युवा उद्यमीका लागि जिरो ब्याजदरमा सहुलियत कर्जा उपलब्ध गराईएको बताए ।
उनका अनुसार १४ जनालाई ६७ लाख ४० हजार कर्जा वितरण गरिएको छ । युवा उद्यमीका लागि बैकले लिदै आएका ५.७३ प्लस २ गरि ७.७३ प्रतिशत ब्याजदर मध्ये ५० प्रतिशत राष्ट्र बैकले र ५० भीमदत्त नगरपालिकाले २.७५प्रतिशत तिर्ने भएपछि ऋणीले सुन्य ब्यादरमा कर्जा पाएको बताए । त्र्रमासिक रुपमा ऋर्षिले सावा बैंकलाई भुक्तानी गर्नुपर्छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी