२०८१ मंसिर ८, शनिबार
दार्चुला । दुहुँ गाउँपालिकाले बाढी पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई प्रतिव्यक्ति ५० हजार राहत उपलब्ध गराउने भएको छ । गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको बैठकले भाद्र १३ गतेको बाढी पहिरोमा ज्यान गुमाएका मृतक परिवारलाई ५० हजार र पूर्ण घर क्षति भएका बाढी पहिरो पीडितहरुलाई २५ हजार राहत दिने निर्णय गरेको छ ।
गाउँपालिकाभित्रका एक सय ५० घर परिवार बाढी पहिरोका कारण विस्थापित हुनुपर्ने अवस्था रहेकाले उनीहरुको पुर्नस्थापनाका लागि जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित निकायमा माग गर्ने निर्णय पनि गरिएको छ ।
बाढी पहिरोका कारण घर पूर्ण क्षति भएका र विस्थापित परिवारलाई खाद्यान्न राहत उपलब्ध गराउने, तत्काल अबरुद्ध बाटो घाँटो सञ्चालन गरी जनजीवन सहज गर्न वडालाई जिम्मेवारी दिने निर्णय पनि गरिएको गाउँपालिका अध्यक्ष कार्कीले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी