२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । कञ्चनपुरमा कारागारबाट मन्दिरको मूर्ती चोर्ने योजान बनेको खुल्न आएको छ । शुक्रवार विहान ३ बजे भीमदत्त नगरपालिका ९ खल्ला स्थित प्राचीन सिद्धबाबाको मन्दिर बाट चाँदी बाट निर्मित सिद्धबाबाको मुर्ती चोरी भएको थियो ।
मूर्ती चोरेर भाग्दै गरेको अवस्थामा बझाङको बुङ्गल नगरपालिका बिजगडा स्थायी घर भएका अन्दाजी बर्ष ६० का करोडो बहादुर बोहरा लाई स्थानीय हरुले समातेर प्रहरीलाई जिम्मा लगाएका छन् ।
करोडो बोहरा विगतका दिनमा पनि चोरी मुद्धामा पटकपटक पक्राउ परेको र शुक्रवार पनि मूर्ती चोरेको बेला स्थानीयहरुले प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक शिद्धराज न्यौपानेले बताएका छन् । आईतवार उनीमाथी चोर मुद्धा दर्ता गरिने भएको छ ।
यसरी बन्यो चोरी गर्ने योजना
(चोरी आरोपित करोडोबहादुर बोहराले भनेको आधारमा)
म पनि चोरी मुद्धामा कारागारमा थिए, मेरो भेट अन्य २ जना ज्यान मार्ने उधोगमा कारागारमा रहेका प्रकाश पाल र लालबहादुर बोहरा संग भयो यि दुवै जनाले २० असारमा कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीका पुर्व शिक्षक गणेश बोहराको हत्या गरेको भन्दै जेल जिवन बिताईरहेका थिए ।
ति दुवै जनाले भीमदत्त नगरपालिका ९ खल्ला स्थित प्राचीन सिद्धबाबाको मन्दिरमा १४ किलो चाँदी रहेको र जसमध्ये ३ किलोको मूर्ती बनाएको बताए । जस्को रकम ५ लाख सम्म हुने भएकाले चोरी गर्नुपर्ने योजना बन्यो । मूर्ती चोरी गरे सकेपछि लालबहादुरको भाई लाई लगेर दिने र उसले बेच्ने वातावरण मिलाउछ भनेर मलाई लालबहादुरले भने, पहिला त मैले चोर्न मानेन सबैले चिन्छन म चोर्दैन भने, पछि लोभ लाग्यो फेरी पहिला पनि चोरी गर्दै आएको म डर लागेन बिहिवार म कारागारबाट रिहा भएको हुँ, चोरी गर्न म सिधै गाँउमा गए त्यहाँ गएपछि प्रकाश पालको मदिराको पसल फोडेर मदिरा चोरे फेरी मन्दिरमा गएर मूर्ती पनि चोरे, पसल फोडेर चोर्ने योजना प्रकाश पालको नै रहेको थियो । पसल पनि फोडेर चोरी गय्रो भने, कसैको पनि शंका जाँदैन भन्ने योजना रहेको आधारमा चोरी गरे, चोरी गरेर आउँदै गर्दा स्थानीयहरुले शंका मानेर चेकजाँच गरे पक्राउ परे,
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी