२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । थारु समुदायले आईतवार अटवारी पर्व मनाउँदैछन् । अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकी बीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ । आफ्ना दिदीबहिनीका घरमा पुगेर अटवारी पर्व सकिन्छ ।
यसबाट दाजुभाइ तथा दिदीबहिनी बीच स्नेह र ममता प्रगाढ हुने विश्वास थारू समुदायमा छ । थारु अगुवाका अनुसार अट्वारी पर्व मनाउने मुख्यकारण ऐतिहासिक घटनासँग जोडिएको छ । भदौ महिनाको कृष्ण अष्टमी पछिको शुक्लपक्षको पहिलो दिन थारु समुदायले यो पर्व मनाउने गर्दछन् ।
लालझाँडी गाएँपालिका ४ का विसन चौधरीले आजको दिन विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्ने बताए । व्रतपछि गहुँको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन छ ।
अटवारी पर्व थारु समुदायको माघी र दसैं पछिको ठूलो चाड हो । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका थारु समुदायले विशेष महत्वका यो पर्व मनाउने गर्दछन् । स्थानीय सरकारहरुले अटवारी पर्वको अवसरमा थारु समुदायलाई सार्वजनिक विदा दिने गर्दछन् ।
यो पर्वमा दिदीबहिनीका लागि छुट्याइएको भागलाई ‘अग्रासन’ भनिन्छ । अग्रासन दाजुभाइले दिदीबहिनीको घरमै पु¥याइदिने गरिन्छ । अग्रासन दिएर फर्किने क्रममा दिदीबहिनीहरुले दाजुभाइलाई मनपर्ने खानेकुरा खुवाउने र उपहार दिने चलन पनि छ ।
दाजुभाइ–दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व मनाइने गरिन्छ । ‘दिदीबहिनी, दाजुभाइ र छिमेकीको बीचमा माया, ममता, सदभाव र भातृत्व जगाउने पर्वको रुपमा अटवारीलाई लिइन्छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी