२०८१ मंसिर ९, आईतबार
बैतडी:
बैतडीको पाटन नगरपालिकामा फोहोर ब्यवस्थापनमा चुनौती थपिएको छ । यस अघि वडा नं ६ को पाटन बजारको फोहोर सोही वडाको चानपुर भन्ने स्थानमा ब्यवस्थापान हुदै आएको थियो । तर त्यहाका स्थानियहरुले दर्ताको जमिनमा फोहोर फाल्न नदिने बताएपछि फोहोर ब्यवस्थापनमा चुनौती थपिएको हो । यो हप्ताको फोहोर पाटन बजारबाट संकलन गरेर ब्यवस्थापनका लागि चानपुर लग्न खोज्दा त्यहाका स्थानियहरुले बिरोध जनाएका थिए । त्यसपछि खोडपे ल्याएर ब्यवस्थापन गरिएको थियो । खोडपे बजार ब्यवस्थापन समितिसँग समुन्वय गरेर ब्यवस्थापन गरिएको हो । खोडपेका स्थानियहरुले पनि अब देखि पाटनको फोहोरलाई खोडपेमा ब्यवस्थापन गर्न नदिने बताएका छन् । स्थायी फोहोर ब्यवस्थापन केन्द्र निर्माणमा ढिलाई हुदा फोहोर ब्यवस्थापनमा समस्या हुदै आएको छ । सन्तोलीमा रहेको फाप्ला भन्ने स्थानमा फोहोर संकलन केन्द्र निर्माण सुरु भएको वर्षाै हुदापनि सम्पन्न हुन सकेको छैन । यहि आर्थीक वर्ष भित्रै निर्माण सम्पन्न हुने गरी काम भइरहेको पाटन ६ का वडा अधयक्ष राजेन्द्र बिष्टले बताउनुभयो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी