२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर :
कञ्चनपुरको भीमदत्तलाई फोहर व्यवस्थापन गर्न उच्च अदालतको परमादेश गरेको छ । उच्च अदालत दिपायल महेन्द्रनगरले नगर क्षेत्रको फोहर व्यवस्थापन गर्नका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका सहित ७ जनाका नाममा परमादेश जारी गरेको हो । कञ्चनपुरका अधिवक्ता धर्मानन्द जोशीले भीमदत्त नगरपालिका क्षेत्रमा फोहर व्यवस्थापन हुन नसक्दा वातावरण प्रदूषणका कारण मानव स्वास्थ्यमा हानिकारक भएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए। फोहोर व्यवस्थापन नगरेको भन्दै भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय, भीमदत्त नगरका नगरप्रमुख सुरेन्द्र विष्ट, उपप्रमुख सुशीला सिंह, प्रमुख जिल्ला अधिकारी राम कुमार पाण्डे, भीमदत्त नगरपालिका ४का वडाध्यक्ष लक्ष्मीदत्त बोहरा र प्रशासकीय अधिकृत हरिसिह धामी विरुद्धमा उनले रिट दायर गरेका थिए । रिटमा उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीशद्वय प्रभा बस्नेत र कृष्णलाल भट्टराईको इजलासले भीमदत्त नगरपालिकालाई नगर क्षेत्रको फोहोर व्यवस्थापन गर्दै नागरिकलाई स्वच्छ वातावरण बाँच्न पाउने अधिकारको सुनिश्चितता गरिदिन आदेश दिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी