२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर :
कञ्चनपुरमा भीमदत्त नगरपालिकाले गर्न नसकेको विकासका काममा युवाहरुले अग्रसरता देखाएका छन् । विगत ३ बर्ष देखी बजार क्षेत्रमा सडकहरुमा ठुला ठुला खाल्डोहरु रहेको भएपनि नगरपालिकाले त्यसको मर्मत नगरेकाले दुर्घटनाको जोखिम बढेको र बजार पुरै कुरुप देखिएकाले युवाहरुले आफै खाल्डो पुर्ने काम गरेका छन् । भीमदत्त नगरपालिकाका बजार क्षेत्र, जिल्ला प्रहरी कार्यालय जाने बाटो कभर्डहल जाने बाटो, बसपार्क जाने बाटो, र प्रशासन जाने बाटोमा ठुला ठुला खाडलहरु परेको भएपनि नगरपालिकाले कहिले नदेखेको भीमदत्त नगरपालिका ४ का स्थानीय हरिश जोशीले बताए । ‘सडक भरी प्वाल परेका छन् खाडलहरु छन् दुर्घटनाको जोखिम पनि बढेको छ, बजार कुरुप देखिएको छ ।’ उनले भने, ‘तर अहिले सम्म नगरपालिकाले यि खाडलहरु पुर्ने सडक मर्मत गर्ने कुरामा ध्यान दिएको छैन् ।’ कञ्चनपुरमा रहेको हेल्प नेपालका युवाहरुले कञ्चनपुरको मुटुमा रहेको मदन चोकमा सडकमा रहेको ठुलो खाडललाई मर्मत गरेका छन् । आफनै खाजा खर्चको रकमलाई बचाएर सडकमा रहेका खाडलहरुको मर्मत गरेकोे हेल्प नेपालका अध्यक्ष मदन चन्दले बताएका छन् । त्यँही सडकबाट दैनिक नेता, कार्यकर्ता, थानीय तहका जनप्रतिनिधीहरु हिँडने भएपनि कसैको आँखाले ति सडकमा रहेका खाडल नदेखे पछि युवाहरुले आमसर्वसाधारणहरुको मर्कालाई मध्ये नजर गर्दै विरोध स्वरुप नगरपालिकाको ध्यानाकर्षण गर्न विकासको काम गरेको अध्यक्ष चन्दले बताए । नागरिक आफैले जागरुक भएर विकासको काम गर्नु पर्ने र सम्बन्धित निकायको ध्यानकर्षण गर्नको लागी पनि आम स्थानीय नागरिकहरुले पनि अग्रसरता देखाउनु पर्ने उनले बताए । विगतका दिनमा पनि हेल्प नेपालले बजारमा रहेका कल्भर्ट, भत्किएका सडकको निर्माण गरेका छन् । श्रावण १५ गते पनि गल्ली नम्वर २ मा रहेको कल्भर्टमा ठुलो प्वाल परेको थियो, हेल्प नेपालले आफनै खर्चमा उक्त कल्भर्टको मर्मत गरेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी