२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर :
कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा उपचाररत कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको हो । पुनर्वास नगरपालिका–५ की ५८ वर्षीया महिलाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । भदौ २९ गते अस्पतालमा भर्ना भएकी महिलामा भदौ ३० गते संक्रमण पुष्टि भएको थियो । भेरी अस्पतालमा उपचारको क्रममा उनको शुक्रबार बिहान ११ः३० बजे मृत्यु भएको उनले बताए । यो सहित कञ्चनपुरमा कोरोना बाट मृत्यु हुनेको संख्या १ सय ९४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी