२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
कञ्चनपुरमा संविधान दिवसको अवसरमा ७ जनाको कैद मिनाह गरिएको छ । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका ७ जना कैदी बन्दीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएका छन् । ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियम अनुसार आईतवार संविधान दिवसको अवसरमा कञ्चनपुर कारागारमा रहेका २ महिला र ५ पुरुषलाई कैद मिनाह गरिएको जेल्लर माया वस्नेत थापाले जानकारी दिईन् । कैदमिनाह हुनेमा शिवराज भटट कर्तव्य ज्यान, प्रेमसिंह भण्डारी कर्तव्य ज्यान, रोहित आउजी वहुविवाह, करिना विश्वकर्मा वहुविवाह, माया चन्द पाल वहुविवाह, र खुशीराम चौधरी चोरी मुद्धा लागेका रहेको उनले बताईन् । उनिहरुको बानिव्यवहार, अनुसान चालचलन, रहनसहन सबैराम्रो भएमा कारागारका जेल्लर र प्रमुख जिल्ला अधिकारीले गरेको सिफारिसको आधारमा कैद मिनाह हुने व्यवस्था अनुसार उनीहरुको कैद मिनाह गरिएको जेल्ल वस्नेतले बताईन् । लागु औषध, भ्रष्ट्राचार, मानव तस्कर, सर्वोसहित जन्मकैद र चेलीबेटि बेचविखन लगायत १९ प्रकारका गम्भिर मुद्धा हो । यी मुद्धामा ५० प्रतिशत कैद भुक्तान गरेपनि आम माफि पाउँदैन् । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा)नियमावली, २०७६ को व्यवस्था अनुसार कैदी बन्दीको कैद मिनाह गर्न सक्ने व्यवस्था छ । त्यसका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिका लागि सिफारिस गर्नु पर्छ । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७६ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई कैद मिनाह गर्ने कानुन रहेको छ । जिल्ला कारागारमा अहिले २० जना महिला ३ सय ८७ पुरुष सहित ४ सय ७ जना रहेका छन।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी