२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । कञ्चनपुरमा लागु गरिएको निषेधाज्ञा खुकुलो पारेसंगै आमसर्वसाधारण हरुले नेपाल सरकारले लागु गरेको स्वास्थ्य सुरक्षाका मापदण्डको उचित पालना नगरे पछि संक्रमितको संख्या बढदै जान थालेको छ ।
कोरोना संक्रमणको अवस्था अहिले पनि कायमै रहेकाले सबैले स्वास्थ्यका नियमहरु उचित तवरले पालना गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।
यस्तै, सोमवार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणमा ५ जना र ऐन्टिजेनमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
कोरोना पुष्टि हुनेमा भीम दत्त नगरपालिकामा ५ जना, दोधारा र पुनर्वासमा ३(३ जना, वेदकोट र कृष्णपुरमा १(१ जना, लालझाडीमा ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महिन्द्रा भटटले जानकारी दिएकी छन् । यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ६६ पुगेको छ ।
कञ्चनपुरमा सोमवार ११ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिले सम्म कोरोना संक्रमणलाई जित्नेको संख्या ८ हजार २ सय ३४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय २२ पुगेको छ । अहिले सम्म कोरोना बाट मृत्यु हुनेको संख्या १ सय ९४ पुगेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी