२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर । कञ्चनपुर सुदूरपश्चिमको सबैभन्दा बढी प्राकृतिक विपदको उच्च जोखिममा तथा वार्षिक तापक्रम वृद्धीदर पनि उच्च रहेको एक तथ्यांकले देखाएको छ । सोमवार डिसिए नेपालको आयोजनामा संघिय संसद राष्ट्रिय सभा दिगो विकास तथा शुसासन समिती जलवायु परिवर्तन सम्बन्धी अन्तक्रिया कार्यक्रमका जलवायु बिज्ञ तथा वातावरणिय बिज्ञले उक्त कुरा औँलाएका हुन् ।
कार्यक्रममा रहेका डिसिए नेपालका जलवायु कार्यक्रमका सल्लाहकार तथा जलवायु बिज्ञ राजन थापाले सन १९७१ देखी २०१४ सम्ममा कञ्चनपुरमा वार्षिक ४ मिली लिटरका दरले बर्षा घटेको जानकारी दिएका छन् । सुदूरपश्चिम भरीको आँकडालाई हेर्ने हो भने, औसतमा ०.०५ देखी ०.०७ डिग्रीले तापक्रममा पनि वृद्धी भएको र यो औसत तापक्रम भन्दा माथी रहेको प्रस्ट पारे,
सन १९७१ देखी २०१० सम्ममा सबै भन्दा बढी तापक्रम कञ्चनपुरमा बढेको र अब को १० बर्ष मा पनि तापक्रम बढदै जाने उनले बताए । यसले गर्दा जिल्लामा प्राकृतिक प्रकोपमा बाढी, वन डढेलो, पहिरो लगायतको जोखिम पनि बढेको जलवायु बिज्ञ राजन थापाले बताए । अहिले देखी नै हामी सबैले मिलेर यो जलवायु परिवर्तनलाई कम गर्न समुदाय स्तरबाट नै यसको रोकथामका उपायको अवलम्बन गरिनु पर्ने बताए ।
जलवायु प्राकृतिक रुपमा नै परिवर्तनशील छ तर हालको जलवायु परिवर्तन, विश्वव्यापी तापमानमा वृद्धिका कारण भएको उनले बताए । यसको मुख्य कारक मानवीय गतिविधि हुन् जसले वायुमण्डलको संरचनामा बद्लाव ल्याएको छ ।
संसारमा अत्यधिक जनसंख्या वृद्धि, अव्यवस्थित सशरीकरण, चरम औधोगीकरण एवम नया वैज्ञानिक अनुसन्धान तथा खोजहरुले उत्सर्जन गर्ने हानिकारक तत्वहरुले जलवायु परिवर्तनमा ठुलो प्रभाव पारेको जलवायु बिज्ञ थापाले जानकारी दिए ।
जलवायु परिवर्तनको सबै भन्दा बढी असर हाम्रो जस्तै कम विकसित देशहरुले भोग्नु परिरहेको छ । पर्यटकिय क्षेत्रमा सबै भन्दा बढी पर्यटक आउने भनेकै सगरमाथालाई हेर्न हो, बिज्ञ थापाले भने, तर पछिल्लो समय जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा बढी परिहेको छ । हिमालमा हिँउ घटदो छ, भने समुन्द्रमा सतह दिनानुदिन बढी रहेको छ ।
यही विषयमा रहेर दिगो विकासको लक्ष्यले यो मुद्धालाई विषेश प्राथमिकताका साथ सम्बोधन गर्दै जलवायु परिवर्तन तथा यसका प्रभाव विरुद्ध लडन कार्यहरु अगाढी बढाउने लक्ष्य लिएको जलवायु बिज्ञ थापाले जानकारी दिए ।
अर्का वातावरणविद डा.धर्मराज उप्रेतीले १० बर्षमा कञ्चनपुरमा प्राकृतिक विपदबाट २ सय ७४ जनाको मृत्यु भएको बताए । सुदूरपश्चिम भरी १० बर्षमा ३ सय ५६ जनाको मृत्यु भएको देखिएको उनले बताए ।
अहिले पनि नेपाल भुकम्पको जोखिममा विस्वमा ११ औ स्थानमा रहेको छ र जलवायु परिवर्तनमा ४ स्थानमा रहेको छ भने सन १९७१ देखी २०१८ सम्ममा देशमा ४१ हजार ६ जनाको मृत्यु भई सकेको उनले बताए ।
यसको रोकथामाको लागी विपद पूर्व तयारीमा समपुर्ण पालिकाले अहम भुमिकाखेल्ने र पूर्व सुचना प्रणलीहरुमा विकास गर्ने जसले गर्दा विपदको जोखिमलाई कम गर्न सकिने वातावरणविद डा. उप्रतीले बताए ।
सरोकारवाला निकाय स्थानीय तहहरुले विपद गएपछि पिडितलाइ राहत लैजाने होईन की विपद पूर्वको योजना तथा कार्यलाई बलियो बनाएर लैजानेमा जोड दिए ।
दिगो विकास तथा सुसासन समिती राष्ट्रिय सभा सदस्य सभापती माननिय तारादेबी भटटले पृथ्वी र मानिसको भविस्यका लागी दिगो विकास आवस्यक रहेको जिकिर गरिन् । दिगो विकास लक्ष्यहरुको कार्यान्वयन गर्न जिम्मेवार मुलतः सरकारमा रहकाले सरकारको काम कार्वाहीलाई प्रभावकारी बनाउनलाई सबैको सहयोग आवस्यक रहेको जिकिर गरिन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी