२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
बैतडीमा संस्कृत बिषयको पढाई हुने भएको छ । बैतडीको पाटन नगरपालिकामा संस्कृत बिषयको पढाई सुरु गर्ने तयारी गरेको हो । २८ गते बसेको कार्यपालिका बैठकले संस्कृत बिषयको पढाई सुरु गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । संस्कृत बिषयको पढाई कक्षा ६ देखि ८ सम्म हुने छ । चालु शैक्षीकसत्र देखि ऐक्षीक बिषयको रुपमा कक्षा ६ मा पढाई सुरु हुने पाटन नगरपालिकाका शिक्षा साखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए । त्यसपछि क्रमागत रुपमा ७ र ८ मा पनि पढाई हुने छ । तर शिक्षकहरुको फरक मत छ । संस्कृत बिषयले बिद्यार्थीहरुलाई नैतिकवान बनाउन सहज हुने भएपनि युग सुहाउदो ब्यावसायिकरण, आधुनिक तथा बिशिष्ट शैलीको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरेको भए उत्तम हुने पाटन ९ स्थित ज्ञानेश्वर नमुना मा.वि.का प्रधानाध्यापक तर्कराज भट्टले बताए । अध्यापन गराउनका लागि पनि जनसक्तीको अभाव हुने निल्पालेश्वर माविका प्र.अ. सीद्धराज पन्तले बताए । सस्कृत बिषयको सट्टा जिवन उपयोगी शिक्षामा जोड दिनु पर्ने भुमेश्वर मावि ठाँडका प्र.अ. बिरेन्द्र चन्दले बताए । पाठ्यक्रम विकास कन्द्रले अध्ययन अध्यापनमा सजिलो बनाएकाले अन्य बिषय पढाउने शिक्षकहरुले पनि पढाउन सक्ने शिक्षा साखाले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी