२०८१ मंसिर ९, आईतबार
काठमाडौं:
धितोपत्र बोर्ड अफ नेपाल (सेबोन) का अध्यक्ष भीष्मराज धुंगानामाथि लागेको आरोप छानविन गर्न गठित समितिले मंगलबार सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको हो । समितिको नेतृत्व गरेका उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेले छानबिन प्रतिवेदन अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरे ।
सेबोन अध्यक्ष धुंगानाले बोर्डमा आफ्नो पदविरुद्ध कारवाही गरेको आरोप छानविन गर्न मन्त्रिपरिषद्ले साउन १ गते समिति गठन गरेको थियो। १५ दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्न आग्रह गरियो ।
प्रतिवेदन प्राप्त गर्दै अर्थमन्त्री शर्माले सरकारले अध्ययन गरेपछि आवश्यक निर्णय लिने बताए । उनले अध्ययन प्रतिवेदनको निष्कर्ष र सुझावले धितोपत्र कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन र पूँजी बजारमा सबै लगानीकर्ताको हित संरक्षण गर्न सहयोग पुग्ने पनि बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी