२०८१ मंसिर १३, बिहिबार
महेन्द्रनगर :
जिल्ला प्रहरी कार्यालय बैतडीले सुर्नया गाउँपालिका व्यापारीको मृत्यु प्रकरणको अनुसन्धानका लागिे पाँच जनालाई नियन्त्रणमा लिएको छ । सुर्नया गाउँपालिकाको सन्सेरीमाण्डौँका व्यापारी कमलसिंह महरा मृत फेला परेपछि सो घटनाको अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएकाहरुको नाम भने प्रहरीले खुलाएको छैन् ।
उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता दर्शन खड्काले बताएका छन् । सुर्नयाको सन्सेरीमाण्डौँ बजारमा मासु पसल सञ्चालन गर्दै आएका सुर्नया–४ लेकडाँडाका अन्दाजी ४५ वर्षीय महरा आज मृत फेला परेका थिए ।
उनको शव बिहीबार बिहान स्थानीयले देखेका थिए । मृतक महराको टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ । मृतकको टाउको, छाति र शरिरका विभिन्न भागमा चोटपटक रहेकाले घटनाको सुक्ष्म ढंगबाट छानविन गरिनुपर्ने स्थानीयले माग गरेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी