२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर:
नेपाली कांग्रेस डडेल्धुरामा फेरी क्रियाशील सदस्यता र वडा अधिवेशनको विवादमा नयाँ खेल सुरु भएको छ । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा वडा अधिवेशनको माग राख्दै पार्टी कार्यालयमै रिले अनशन सुरु गरिएको छ । हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गरिनुपर्ने र भदौ २५ मा गरिएको वडा अधिवेशन अवैधानिक भएकाले फेरि अधिवेशन गराउन नयाँ मिति तय गर्नुपर्ने भन्दै अनशन थालिएको पार्टी उपसभापति करुणाकर भट्टले बताए । क्रियाशील सदस्यता विवाद कायमै रहेको र गत भदौ २५ गते सम्पन्न भएको वडा अधिवेशन अवैधानिक भएको ठहर गर्दै जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले विरोध गर्दै आएको छ । विरोधकै क्रममा आज (बिहीबार) मल्ल पक्षधरहरुले जिल्लाको पार्टी कार्यालय किशुन जी भवनमा अनशन सुरु गरेका छन् । हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गरिनुपर्ने र भदौ २५ मा गरिएको वडा अधिवेशन अवैधानिक भएकाले फेरि अधिवेशन गराउन नयाँ मिति तय गर्नुपर्ने माग रहेको छ । जिल्ला कार्य समितिले क्रियाशीलका लागि ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा छानविन समितिले जिल्ला सभापति कर्ण मल्लकी आमासमेत गरी ४ सय ६० जनाको नाम हटाइदिएको आरोप उक्त पक्षले लगाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी