२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
कैलालीमा मासु पसल सञ्चालनको विषयलाई लिएर चक्कु हानाहान भएको छ । मासु पसल सञ्चालनको विषयलाई लिएर दुई पक्षबीच विवाद भएपछि चक्कु हानाहान भएको हो । धनगढीस्थित एक मस्जिदसँगै रहेको मासु पसल सञ्चालन गरिरहेका पप्पु कुरेसी पक्ष र उक्त पसल बन्द गराउनुपर्ने माग गर्दै आएको अर्को पक्षबीच विवाद बढ्न थालेपछि चक्कु हानाहान भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले मासु पसल सञ्चालनको विवाद बढ्न थालेपछि धनगढी उपमहानगरपालिका–१ मा दुवै पक्षबीच दैनिक तनाव भइरहेको बताए । ‘एक पक्षले अर्को पक्षलाई आरोप लगाउने क्रम जारी छ,’ उनले भने, । सो क्रममा बिहीबार साँझ चक्कु हानाहान भएको स्थानीयले बताएका छन् । चक्कु प्रहारबाट २ जना घाइते भएको बताइएको छ । यता, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले सो क्षेत्रमा दैनिक तनाव भइरहेको बताए । तर, चक्कु प्रहारबारे भने केही नखुलेको उनले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी